Skip to content

छोड्यौ हात तिम्ले

  • by


छोड्यौ हात तिम्ले मेरो सँगै यात्रा गर्दागर्दै
मलाई बिर्सी गयौ मायाको रङ्ग छर्दाछर्दै

तिमी बिना सोच्या छैन कुनै पल मैले
एकहोरो माया गरेँ गरिन छल कहिले
आफ्नै सुख छाडी तिम्रो दु:ख हर्दाहर्दै
मलाई बिर्सी गयौ मायाको रङ्ग छर्दाछर्दै

धोका दिने रैछ मन किन माया गर्‍यौ?
फुल्थ्यौ मनमझेरीमा, थाहै नपाई झर्‍यौ
प्रेम गंगा हामी दुई मिली तर्दातर्दै
मलाई बिर्सी गयौ मायाको रङ्ग छर्दाछर्दै

छोड्यौ हात तिम्ले मेरो संगै यात्रा गर्दागर्दै
मलाई बिर्सी गयौ मायाको रङ्ग छर्दाछर्दै

बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *