Skip to content


झमझम असारे झरीमा रुझरिहेको साँझ, सिरसिरे बताससँगै अतीतमा कोरिएका केही रोचक पाना मेराअघिल्तिर पल्टिन खोजिरहेका छन्। सबै अतीत मीठो मुस्कानमा बदलिने भएपछि अनि मनको लामो आयतन लिएर बारम्बार तन्किन थाल्ने भएपछि त्यो अझ प्रिय हुने रहेछ। एकान्तमा परिरहेको सम्झनाको झरी असारको पानीसँग अझ बढी घुलनशील हुने रहेछ। सोचिरहेछु, के संगति छ मेरो जीवन र असारको ? सोचिरहेछु, के संगति छ मेरो अनुभूति र असारको ? असार १५ को यो साँझ आफैँलाई खोजिरहेछु अनि रोपिरहेछु यी अक्षरहरूमा।

आफैँलाई चिनेको दिन, आफैँलाई खोजेर भेटाएको दिन, जीवनको सबैभन्दा उपलब्धिपूर्ण हुन्छ भन्ने लाग्छ मलाई। आफूले आफैँलाई कति चिन्न सक्छ मान्छेले ? हुन त अरूका बारेमा भन्दा आफ्नैबारेमा धेरै जानेको हुन्छ मान्छेले तर आफ्नोभन्दा अरूकै बढी चर्चा गर्छ, लेख्छ। आज भन्न मन लागिरहेछ, जे लेख्छ अरूलाई लेख्नुको बहानामा मान्छे आफैँलाई लेख्छ।

जीवन यही हो भनी चिनेको भए, आफूलाई चिनेको भए किन यति धेरै सिर्जना गर्थ्यो होला र आफ्नै लागि मान्छेले ? आफैँलाई चिन्ने र चिनाउने बहानामा गरिएका छन् संसारका सम्पूर्ण सिर्जनाहरू। गेटे, होमर र युरपिाइडिसहरूले आफैँलाई लेखे। ओरयिाना फलासी, तेहमिना दुर्रानी र पारजिातहरू छोरीमान्छेको जीवन खोज्ने लेखन अभियानमा आफ्नै जीवनका लेखन अभियानकर्ता बनेका छन्। तिनले जे लेखे आफ्नै इतिहास लेखे। लियोनार्दोले मोनालिसा बनाए कि आफ्नै मनको सुन्दरता ? देखिरहेछु, नेपाली कलाकार एरनिा ताम्राकार कलामा आफैँलाई खोजिरहेकी छन् विविध नारी विम्बहरूमा। म आज लेख्नुमा आफूलाई खोजिरहेछु। हो, मैले आफैँलाई चिनेकी छैन आजसम्म, जे चिनेकी छु त्यो अधुरो छ। भोलिका सम्भावनाहरूमा हिँडिरहने भविष्यमुखी आजै आफूलाई चिनाएर खुम्चिन पनि चाहन्न।

असारको झरी, हिलाम्मे बाटो अनि पुस्तक! कतै विपरीत त थिएनौँ हामीहरू समयसँग ? होइन, समयले हामीलाई यही मोडमा ल्याइदिएको थियो। नयाँ पुस्तक लेख्ने लेखकहरू बनाएर ! मोटरसाइकलमा कतिबेला पट्रोल चट्टै सकिन्छ र हाम्रो गति टक्कै रोकिन्छ भन्ने त्रासमा घरघिर िथर्किन्थ्यो मेरो मन। तर, त्यसो भएन। दिनभरकिो झरीसँगको यात्रा, हिलो र सडकजामसँगको जुझाइ नयाँ पुस्तकको लेखक बन्नुको रोचक अनुभूतिसँग जोडिइरहेको थियो। साथी सुस्िमता र मेरो सहलेखन पत्रैपत्र उपन्यासको बजार प्रवर्द्धनमा थियौँ हामी।

आज १५ असार, बिहानै हातमा आइपुगेको दैनिक पत्रिकाले अझ ताजा बनाएको थियो यो दिनलाई। मैले निबन्धको पुस्तकमा हत्केलामा उमारेको असार आज मैलाई खोज्न आइपुगेको थियो मध्य बैँश बोकेर। हृदयको मीठो स्पर्श थियो यो बिहान मेरा लागि।

हिजोअस्तिदेखि नै धुम्मिएको आकाशलाई चिरेर आफ्नै शिरमाथि उदाएको थियो घाम घर छोड्ने बेलामा। घरवरपिर िधान रोपिएका खेतका गराहरूले पनि मनभर िअसारे साइनो गाँसेका हुन्। मनका बियाडहरूमा कविताका हरयिा बीउहरू मज्जैले रोपिएका पनि हुन्। ‘पानी पानी असार मास मनमै रुझरिहेँ’ आफ्नै गीतका हरफ गुन्गुनाउँदै व्यवहारका सिँढीहरूमा तलमाथि तलमाथि संगीतमय पाइला चालिरहेकी हुँ। दबदबे हिलोझैँ अनुभूति मनभर िबोकेर पनि सिर्जनामा रोपिने समयबाट पनि वञ्चित भएकै हुँ। मनभर िआएका भावनालाई लेखिहाल्ने समय हुने भए कति लेखिँदो हो ! भान्साकोठा, छोराहरू र गृह व्यवस्थापनले खोसेको आफ्नै समयसँग कुनै गुनासो नगरी परििस्थतिका आलीबाट यात्राका बाध्यात्मक समाहहरू बगाउँदै मोटरसाइकलमा हानिएकी हुँ क्याम्पसतिर, कक्षाकोठातिर।

उमार्नु, फैलाउनु र बढाउनुको असारे अर्थ मैले शिक्षण पेसामा पनि भेटेकी छु विगत २२ वर्षदेखि। यो अर्को सुन्दर सिर्जना हो मेरो कर्मको। आफ्नै ज्ञानका प्रतिछायाहरूको निर्माण हो मेरो शिक्षण पेसा। जिज्ञासापूर्ण अनुहारहरूमा सन्तुष्टिको मुस्कान हो अनि युवावयका तिनै उमेरहरूमा आफ्नै पुनरागमन हो मेरो कक्षाकोठाको शैक्षणिक उपस्थिति। यो कार्य बौद्धिक नारी हुनुको अर्को सबल अनुभूति पनि हो भन्ने लागिरहन्छ बारम्बार। मातृहृदयका अनेक छालहरूले पनि समेटेका हुन्छन् कक्षाकोठामा। विद्यार्थीसँग एउटा विशेष नाता बन्ने गर्छ यो क्षण मेरा लागि। बारम्बार सम्झिन मन लाग्छ काठमाडौँ विश्वविद्यालयका विद्यार्थीहरूले उत्कृष्ट शिक्षकका रूपमा सम्मान गरी प्रेल्युड पत्रिकामा छपाएको मेरो अन्तर्वार्ता। ‘बेस्ट टिचर’ भनी एघार-१२ कक्षामा पढ्ने भाइबहिनीहरूले दिएका सम्मान, उपहारहरू !

उनीहरूको आँखामा देखिएको कृतज्ञताको पोखरी कति हार्दिक हुन्छ। सधैँ यस्तै सुन्दरताहरूमा जीवनलाई रोप्दै जाऊँ जस्तो ! ओहो जीवन कति सुन्दर, कर्म कति सुन्दर ! यही अनुभूतिमा लेखेकी थिएँ मैले गीत :

जीवन एउटा कर्म रै’छ गर्दै गर्दै जाने
सबको मनको फूलबारीमा सुवास छर्दै जाने
नजाने नि गरिरहूँ, जाने पनि गरूँ
कर्म गर्ने हृदयमा सुवास मीठो छरूँ ।

असार ! मलाई साँच्चै मनपर्ने समय। असार मन पर्नुका धेरै अर्थ छन् : यो सिर्जनाको महिना हो। यो मेरो किशोरकालीन गाउँले जीवनको रमाइलो सम्झनाको महिना पनि हो। म जति अतीत सम्झिन्छु धेरै असार भएर सम्झिन्छु सायद। सम्झिरहेकी छु, गाउँमा खेत रोपेका ती असारे दिनहरू। दिनभर िसेखु ओढेर, पानी कागज ओढेर हजुरआमा र आन्टीहरूसँग खेतारी बनेका सम्झनाहरू। बियाडमा बीउ उखेलेका समयहरू।

सम्झिरहेछु, मभन्दा बढी मेरा गाउँका आमा, भाउजूहरूले गरेका संघर्षहरू। आमा, हजूरआमा, काकी र भाउजूहरूले समाजका अँध्यारा रातहरूमा आफूलाई टुकीका सलेदोमा जलाएर सधैँ आफ्ना सन्तानका लागि सुन्दर बिहानहरू जन्माउनुभयो। ढिकी र जाँतोमा सपनाहरू पिसेर सन्तानका लागि नयाँ जीवनका अन्न तयार पार्नुभयो। हो, यही असारको समय हो संघर्षमय जीवनलाई आफ्नै गोठ र घरमा टुंग्याउनु भएको उहाँहरूले। यही असारको एक बिहान हो मेरो गाउँ तहसनहस भएको। पहिरोको आतंकले खाएको, हजुरआमा र काकीको प्राणपखेरू आफ्नै घरमा उडाएको। आफ्नै गोठ र घरलाई चिहान बनाएर असारको एक बिहान उहाँहरूले यो संसार त्याग्नुभएको। हिजो जस्तो लाग्छ। आज वर्षौंवर्ष बितिसकेछ।

त्यही घरको पिँढी हो, म ट्युसन पढ्न जान्छु भन्दा आमाले आफ्नै विवशतामा जेलिएको हातले मेरो चूल्ठो समाती आँगनमा फ्याँकिदिनुभएको। मेरा खेल्न, पढ्न र घुम्न जाने किशोरी इच्छाविरुद्ध चेतावनीस्वरूप उचालिने आमाका औँलाहरू पनि तिनै हुन् र उचाल्न लगाउने समाज पनि त्यही हो। अनि त्यही आँगन हो मैले कामहरू नजानेर, बिगारेर, भाइहरूको राम्ररी हेरचाह गर्न नजानेर सिस्नो पानी खाएको। कठै, कति साँघुरो थियो मेरो स्वतन्त्रताको घेरा त्यो आँगनमा, त्यो पिँढीमा अनि त्यो समाजमा! आज मसँग न त्यो असार छ, न त्यो गाउँ छ, न त्यो पिँढी र आँगन छ। तर समय उस्तै छ। घर िबादल, घर िझरी त घर िघाम ! म उही हुँ तर पनि फेरिएकी छु।

समय आज फरक भएको छ। म किसान काममा रमाएर हुर्किएकी छोरीलाई आज समयले विश्वविद्यालयको शिक्षकमा रूपान्तर गरेको छ। भदौरे मकै भाँच्ने यी हातहरू अब बारम्बार साहित्यका अनेक विधाका पुस्तकका पानाहरूमा अल्मलिन थालेका छन्। यिनै औँलाहरू हुन् धानको बियाड काढ्ने आज आफ्नै अनुभूतिहरू लेख्नलाई सल्बलाइरहेका छन्। यही मन हो बारम्बार इच्छाहरू मारेर बाँचेको तर आज धेरैको सपनामा साथ दिन सक्ने भएको छ। स्वतन्त्रताको विगुल फुक्ने भएको छ, फुक्न लगाउने हिम्मत भरिएको छ।

आज आएर सम्झिरहेछु, कहिल्यै नदेखेको क्षितिजपारकिो जीवनको सपना बुन्न नजान्ने सोझी केटी थिएँ म त्यसबेला। समय जसरी आउँथ्यो, त्यसरी नै बित्थ्यो। हो, त्यतिबेला समय आमाको काम भएर आउँथ्यो, आमाको अनुशासन भएर उभिन्थ्यो। समाजको संस्कृति भएर छरिन्थियो अनि छोरी हुनुका धेरै सीमाहरूमा बाँधिन्थ्यो। साँघुरो समय घर, गोठ, खेतबारी अनि भान्सामा रुमलिन्थ्यो। बन्सो घाँसमा काटिएका सपनाहरू डोकाका हजारौँ प्वालहरूबाट चिप्लिन्थे। डोरी र नाम्लामा छोरीका धेरै रहरहरू अल्झिएका थिए। पँधेराका पानीसँग निरन्तर झरेर बेपर्वाह खेर गएका थिए दिनहरू। सबैभन्दा कठिन समय बुबाको अघिल्तिर बसेर गणितका कठिन हिसाबहरू गर्नु थियो।

हो, कुनै गुनासो थिएन। खोलीको पानीझैँ मन चंगा भएर छङछङ बगिरहेको समय सम्झिरहेछु। असार-साउनका बारी र खरबारीहरूका हरयिालीझैँ थिए जीवनका ऋतुहरू। कुनै विरोध थिएन अभावप्रति, कुनै शंका थिएन अधिकारप्रति। जे थियो जीवन थियो, बाँच्नुको सरलता थियो, अबोधपना थियो। छोरी हुनुको गौरव लक्ष्मी भएर पुजिनुमा थियो, आमा, भाउजू, आन्टी र हजुरआमाहरूबाट ढोगिनुमा थियो। भाइहरूको दिदी भएर दायित्व पूरा गर्नुमा थियो, उनीहरूको हेरचाह र खुसीमा हाँस्नुमा थियो। कुनै अर्घेल्याइँ बुझ्ने चेतना नहुनुमा थियो।

चेतना नै असन्तुष्टिको कारक रहेछ। चेतना नै असमानताहरू बुझाउने उज्यालो रहेछ।

बिस्तारै सानो सलाईको काँटी बनेर सुरु भएको स्कुले शिक्षाको चेतनाले आज विश्वविद्यालयका कक्षाकोठाहरू अनि पुस्तकका थुप्रै ठेलीहरू हुँदै लेखक हुन आइपुग्दा धेरै ठूलो राँको बनाएको छ आफैँभित्र। समाजका सबै अन्याय र अप्ठ्याराहरू हटाउने एउटा ठूलो माध्यम बनूँ भन्ने उत्साह भरििदएको छ। उदाहरणीय काम गरूँ भन्ने बनाइदिएको छ। आज कुनै एउटा काम पछि अर्को कामको योजना तुरुन्त आइहाल्छ। के लेखौँ ? समस्याहरूलाई साहित्यमा कसरी उधिनौँ र कसरी सबैसँग चेतनशील भएर प्रस्तुत होऊँ भन्ने लागिरहन्छ।

समय बदलिएको छ आज। तर जति अवसरहरू छन् उति नै ठूला चुनौतीहरू पनि छन्। रमिालको कविता सम्झिरहेछु ‘परविर्तन’। हिजो जे थियो आज त्यो छैन। तर, सबै परविर्तन कहाँ भएको छ र ? भान्छाकोठा उस्तै छ यद्यपि आधुनिक छ, यसले उसै गरी समय माग्छ। शिक्षित आमा भएका नाताले छोराहरूका भौतिक जिम्मेवारीमा मात्रै सीमित हुन मिल्दैन सम्पूर्ण विकासमा ध्यान दिनैपर्छ। सन्तानको शैक्षिक प्रगतिको उचाइ आज शिक्षित आमाकै समयभित्र समेटिएको देखेकी छु, अनि भोगेकी छु।

पत्नी हुनु, बुहारी हुनु, छोरी, दिदी, भाउजू… सामाजिक मात्रै नभई प्राकृतिक भागमा परेका भूमिकाहरू, सबैमा खरो उत्रिनु छ। सबैलाई समायोजन गर्नु छ। फेरि पनि कुनै गुनासो छैन। सबै भूमिकाहरू खुसीखुसी स्वीकार्य छन्। आफ्नै अनुभवले दिएको शिक्षा हो यो।

आज आफैँलाई हेरिरहेछु, कक्षाकोठादेखि भान्साकोठासम्म, लेखक हुँदाका अनुभवदेखि आमा हुँदाका अनुभूतिसम्म, जुठा भाँडादेखि गाडीका स्टेरङि्, मोटरसाइकलका एक्सिलेरेटर अनि इमेल र इन्टरनेटमा अनुसन्धान सम्बन्धित विषयहरू खोजी गरिरहँदासम्म समयले फेरि उसैगरी समेटिरहेछ।

कक्षाकोठाको शिक्षण कार्य सकेर घर फर्किंदा भान्साकोठाका रत्तिा भाँडाहरूमा भरनिे सामलसँगै सिर्जनाका हरफहरू पनि कुँदेको हुन्छ यस मनले। म समयलाई समेट्दै छु या समयले मलाई ? सोच्नै सकिरहेकी छैन।

हेरिरहेछु, जीवन समस्यामा अल्झिएर सुल्झाउँदासुल्झाउँदै कति सुन्दर बनिसकेछ। वास्तवमा थाहै नहुने रहेछ फूललाई उसको सौन्दर्य, अरूले बुझाइदिनुपर्ने, अरूले भनिदिनुपर्ने ! जीवन सुन्दर भएको अनुभूति आफैँबाट होइन, अरूको अनुहार र व्यवहारबाट हुने रहेछ। मेरो बगैँचामा फुलिरहेको रातो गुलाफ मेरै उज्यालो र सन्तुष्ट अनुहार हेरेर आफ्नो सौन्दर्यको आँकलन गरिरहेछ। म आज मेरो भविष्यको सपना बुन्ने मेरै बुबाआमाको खुसीको अनुहारमा प्रतिविम्बित भएकी हुँ कि झैँ लागिरहेछ।

नारी हुनुको गौरवबोधलाई घरघिर िधमिल्याउन आइपुग्ने समाजका छिटाछिटी नकारात्मक व्यवहारहरू आफैँ बुझ्ने भएका कारणले पनि बिर्सिदिन कोसिस गरिरहन्छु। नारी मात्रै हुँ भन्नुभन्दा पनि एउटा जुझारू र कर्मठ मान्छेको मन आफूमा बाँचिरहेको अनुभूतिले तान्न थालेको छ।

असार सिर्जना पनि गर्छ, हिलो पनि छ्याप्छ। हिलो जीवनको चुनौती हो। हिलैबाट उधिनिएर धानको गेडो हरयिो बिरुवा बन्छ। म हिलोको बीचैबाट सिर्जनामा मनुष्यत्व बाँच्न र बचाउन चाहने मान्छे हुँ। त्यसैले मलाई असार मनपर्छ। मलाई धानका बोटहरू मन पर्छन्। मलाई चुनौतीको हिलो मनपर्छ। मलाई जीवन मनपर्छ।

नेपाल साप्ताहिक ४६०

Leave a Reply

Your email address will not be published. Required fields are marked *