Skip to content


देवताको कोटीमा पुगिसकेका देवकोटाको जीवन देवताको झैँ थियो- संघर्षमय जीवन, व्यथैव्यथाका ती मार्मिक वर्षहरू अनि सन्तोषको त्यो अन्तिम क्षण आर्यघाटको किनारमा। त्यहाँ देवकोटाको अन्तिम सन्तोषको क्षण देखेर विरूपाक्षले सोचे होलान्- तिमी मजस्तै दन्त्यकथामा पर्नेछौ, एउटा दन्त्यकथामा उनिएर। अनि, मभन्दा भिन्नै तिमीले थुतुने सहानुभूति पाउनेछौ, यहाँ डढेर गएपछि।”

माथि दिइएको उद्धरण प्रख्यात् संस्कृतिविद्, अनुसन्धाता र लेखक हरहिरराज जोशीको हालै प्रकाशित पुस्तक गोरेटोको खोजीमामा संग्रहित लेख ‘व्यथैव्यथाका ती मार्मिक वर्षहरू अनि सन्तोषको मीठो क्षण’बाट लिइएको हो। काठमाडौँको बौद्धिक समुदायका सुपरििचत अनुहार हरहिरराज जोशीले नेपाली कला र संस्कृतिका बारेमा खोजबिन गर्नुका अतिरत्ति आफ्नो समयको लोकप्रिय साहित्यिक मासिक रूपरेखामा ‘गोरेटोको खोजीमा’ शीर्षक दिएर एउटा नियमित स्तम्भ पनि चलाउने गरेका थिए। महाकवि देवकोटाप्रित शब्द श्रद्धाञ्जलि अर्पण गर्नका लागि उनले तयार गरेको माथि उल्लेख गरएिको लेख सोही स्तम्भमा विसं २०२२ को लक्ष्मी जयन्तीका अवसरमा छापिएको थियो। महाकवि देवकोटा सम्भवतः नेपाली साहित्यकारहरूमध्ये सर्वाधिक चर्चा गरएिका स्रष्टा हुन्। उनका बारेमा धेरैले धेरैधेरै शब्द खर्चेका छन्। तर, हरहिरराज जोशीले आफ्नो स्तम्भमा प्रस्तुत गरेको महाकविको यो महात्म्य बेजोड छ। जोशीले थोरै शब्दमा सरस्वतीका वरदपुत्र लक्ष्मीप्रसादको असाधारण प्रतिभाका बारेमा बोलेको मात्र होइन, उनको घनीभूत संघर्षले भरएिको जीवनको कथालाई पनि मार्मिक ढंगमा प्रस्तुत गरेका छन्। महाकविको प्रशंसामा गाइएको यो एउटा उत्कृष्ट विरुदावली पनि हो।

हरहिरराज जोशी स्वयं पनि बहुप्रतिभाशाली थिए। अंग्रेजी भाषा-साहित्यका विद्यार्थी यिनले विश्वसाहित्य, राजनीति, कला, संगीत र नेपालको सांस्कृतिक सम्पदाका बारेमा गहन अध्ययन गरेका थिए र थिए यी सर्वांग आधुनिक पुरुष खूबै पढैया। संयुक्त राज्य अमेरकिाको विश्वविख्यात पुस्तकालय ‘यूएस लाइब्रेरी अफ कंग्रेस’को ३५ वर्षसम्म काठमाडौँ प्रतिनिधि रहेका यिनले त्यस पुस्तकालयका लागि किताब संकलन गर्ने क्रममा नेपालमा प्रकाशित सबै पुस्तक पढ्न भ्याएको हुनुपर्छ। उनले गरेको गहन अध्ययनको छाप उनको लेखनमा सम्भवतः पर्ने नै भयो। त्यसैले हुनुपर्छ, गोरेटोको खोजीमामा संग्रहित निबन्धहरूमा नानाविधि प्रसंग, उद्धरण, नाम-नामेसी र घटनावलीको भरमार उल्लेख पाइन्छ। कतिपय लिखत दुरुह पनि लाग्छन्।

समीक्ष्य कृति गोरेटोको खोजीमा मुख्यतः रूपरेखामा जोशीको यसै नामको स्तम्भमा छापिएको र त्यतिबेला बहुचर्चित-प्रशंसित रहेका लेख-टिप्पणीहरूको संग्रह हो। साथै शारदा, रचना, मुकुट र मधुपर्कमा छापिएका थप पाँचवटा लेख पनि पुस्तकमा समावेश गरएिका छन्। परििशष्टमा लेखकका अनन्य मित्र प्रा डीपी नेपालीले यिनको बहुआयामिक व्यक्तित्वको गुणगान गर्दै विसं ०१८ मा शारदामा छपाएको एउटा लालित्यपूर्ण लेख र श्यामदास वैष्णवले लेखेका सानो लेख पनि छ। जोशीका २८ थान लेखलाई पुस्तकका सम्पादक नरेन्द्रबहादुर श्रेष्ठले ‘ऐतिहासिक अनुसन्धान’, ‘मानवीय जीवन’, ‘साहित्य, कला र संगीत’, ‘सांस्कृतिक’, ‘यात्रा वर्णन’ र ‘वैचारकि लेख’ गरी छ उपशीर्षक अन्तर्गत राखेका छन्। तर, यी लेख पढ्दा उनले दिएका उपशीर्षकहरू खासै अर्थपूर्ण लाग्दैनन्। अत्यन्त उर्वर कल्पनाशीलता भएका विचारक हरहिरराज जोशीको कुनै पनि लेखलाई एउटा उपशीर्षकको चिनारी दिएर पूर्ण रूपमा अर्थ्याउनु सायद उपयुक्त हुँदैन।

हरहिरराज जोशीले आफ्ना यी रचनामार्फत मानवता, विश्वभ्रातृत्व, राष्ट्रिय सम्पदाप्रतिको अनुराग, असल साहित्यको उद्वोधन, लोकभाका र संगीतको प्रवर्द्धन र व्यक्तिको स्वत्वको प्राणप्रतिष्ठा गर्न चाहने सर्वांग उदार लोकतन्त्रवादी चेतनाको संवाहकका रूपमा पाठकका सामुन्ने आफूलाई उभ्याएका छन्। यिनी सर्वधर्मसमभावका प्रचारक हुन्। त्यसैले नेपालको मुख्य विशेषता रहँदै आएको धार्मिक सहिष्णुताको यिनी महिमा गाउँछन्, त्यो पनि बढो आकर्षक शैलीमा, “यहाँ पार्वतीले बुद्धको पूजा गर्छिन् मच्छिन्द्रनाथलाई भित्र्याउन तेत्तीस कोटी देवता अघि सर्छन्। यहाँ तान्त्रिक मतले महाकाललाई बाँधेर राख्छौँ। यहाँ विहार गर्न महादेव भेष बदलेर आउँछन्। यहाँ इन्द्र आउँछन् वर्षको एकपल्ट। यहाँ विष्णु अवतरित हुन्छन्, नेपाली भएर। यहाँ वर्षको एकपल्ट महादेवलाई बुद्ध बनाइन्छ, बौद्ध पद्धतिले पूजा गरन्िछ, बुद्धम् शरणम् गच्छामि।”

हरहिरराज जोशी परम्परागत सोचको बन्धनबाट मुक्त स्वतन्त्र चिन्तकका रूपमा प्रकट भएका छन्, संग्रहमा संकलित रचनाका पृष्ठहरूमा। प्रायः सबैजसो लेखमा गहन अध्ययन, प्रस्ट वैचारकिता र लेखनको निजी शैलीको छाप देख्न पाइन्छ। नेपालको इतिहास, धार्मिक र सांस्कृतिक परम्परा र केही लोकमान्यताका स्थापित मूल्यलाई पनि उनले कठघरामा उभ्याउन खोजेका छन्। केही विवादास्पद मुद्दालाई उठाउने चेष्ठा पनि गरेका छन् उनले केही निबन्धमार्फत। संग्रहमा रहेको ‘महिला साहेबज्यू ः उपेन्द्रविक्रम शाह’ त्यस्तै एउटा निबन्ध हो, जसमा बहुला ठकुरीका रूपमा चित्रण गरँिदै आएका राजा राजेन्द्रविक्रमका माहिला छोरा शाहज्यादा उपेन्द्रविक्रमलाई राणा परविारशाहीका विरुद्ध खडा हुन खोज्ने पहिलो क्रान्तिकारी व्यक्तिका रूपमा उभ्याउन खोजिएको छ।

लोकसंगीतप्रित जोशीमा गहिरो अनुराग रहेको देखिन्छ। उनले आफ्ना कतिपय रचनामा लोकगीत र संगीतका गेडाहरूको उदारतापूर्वक उल्लेख गरेका छन् र तिनले उनका लेखलाई एउटा बेग्लै प्रकारको मिठास दिएका छन्। ‘झ्याउरे एक विवेचना’, ‘नेपाली वीर पुगेनन् कहाँ…’, ‘संगीतमा रमाउँदै’जस्ता लेख त गीतसंगीतकै सेरोफेरोमा रचिएका हुनाले तिनले जोशीको संगीतप्रेमी हृदयको नजिक पाठकलाई पुर्‍याएर छोडिदिन्छन्। मौलिक रूपमा पल्लो किराँतबाट आएका र काठमाडौँमा जीवन बिताएका जोशीले किराँत, नेवार र उच्चवर्गीय हिन्दु सबैथरीको सांस्कृतिक विविधताका बारेमा राम्रो अध्ययन गरेका थिए। संग्रहमा संकलित ‘चर्या ः एक चिनारी- एक परचिर्चा’ काठमाडौँ उपत्यकामा प्रचलित विशिष्ट नृत्य-शैली चर्याका बारेमा लेखिएको अति नै महत्त्वपूर्ण रचना हो। साथै, यो लेख संग्रहकै उत्कृष्ट पनि हो।

संग्रहमा चीनको सांस्कृतिक पक्ष, नेपाल-चीन सम्बन्ध र चीनका प्रसिद्ध लेखक कुमोजोले नेपाल भ्रमण गर्दाको प्रसंग समेटेका रचनाहरू पनि परेका छन् र तिनले पठनीय सामग्री पेस गरेका छन्। लेखकको जापान भ्रमणमा आधारित दुईवटा लेख पनि संग्रहमा छन्।

हरहिरराज जोशीका लेखहरूको यस संग्रहले लेखकको विशिष्ट व्यक्तित्वको रंगारंग झल्की प्रस्तुत गरेको छ। खेदको विषयचाहिँ के छ भने जोशीको नेपाली भाषा अपरिष्कृत र अशुद्ध पनि छ। सम्पादक नरेन्द्रबहादुर श्रेष्ठले समेत यसमा परिष्कार ल्याउन सकेका छैनन्।

नेपाल साप्ताहिक ४६३

Leave a Reply

Your email address will not be published. Required fields are marked *