Skip to content

हिजो अस्ति जस्तो लाग्छ चार नजर दुई भा’को


हिजो अस्ति जस्तो लाग्छ चार नजर दुई भा’को
यता उता हिँड्दा डुल्दा माया रहर गरी ला’को

माया बस्यो थाहै नभै हुन्न कहिल्यै टाढा अब
सँगै बाँच्ने सँगै मर्ने भन्दै मन्दिर हामी धा’को

मेलापात सँगै गयौँ गिठ्ठा भ्याकुर टिपी ल्यायौ
हिजो जस्तो लाग्छ दिन ढिँडो गुन्द्रुक बाँडी खा’को

केही दिन टाढा भए फर्की आउँला पर्खी बस्नु
छोडी जाने माया हैन प्रिय! कमाई गर्न गा’को

लाला-बाला तिम्रो जिम्मा राम्रो स्याहार गरी बस
ईश्वरको बरदान भनी देउता भाकी पा’को

छैन कुनै राम्रो मिठो तिम्रो मुहार भन्दा टाढा
माया सम्झी भक्कानिँदै हाम्रो शहर बेंशी आ’को

(परदेशबाट फर्कने क्रममा)

दिंग्लाली कान्छो
बिराटनगर -: ४, नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *