Skip to content


दशै आयो भन्दै सबै रमाउन खोज्छन् ।
तर यो दशै किन
कसैको घरमा खुसीको बहार ल्याउछ ।
कसैलाई दिन्छ पीडाको उपहार
यो दशै किन कसैका लागि दशा बन्छ
कसैका लागि कुरीति र कुलतको नशा
तै पनि
थोरै भएपनि खुसी बोकेर आइरहन्छ दशै
हर्ष र उल्लास बोकेर धाइरहन्छ दशै
भन्छन् असत्यमाथि सत्यको जीत हो दशै
िहंसाको आगाडी अहिंसा र शान्तिको
तर किन गरिन्छ दशैमा काटमार
किन हुन्छ दशैमा लुटपाट र बलात्कार
आस्था हाम्रो धर्म हाम्रो संस्कृति हाम्रो पहिचान
दशैको महत्व सानालाई माया ठूलालाई सम्मान
म त भन्छु अब हाम्रो दशै
सबैको दशै बन्नुपर्छ
गरिब दुःखी असाहयले पनि दशै हाम्रो भन्न
िहंसा र हत्याको अन्त्य भई
एकता र मित्रताको दशै बन्नुपर्छ
हो अब हाम्रो दशै गरिब दुःखी र असहायको
पनि दशैं बन्नुपर्छ ।

चित्लाङ्ग-२ मकवानपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *