Skip to content

म चैँ गर्छु माया प्रेम पिर्तीका कुरा

  • by


म चैँ गर्छु माया प्रेम पिर्तीका कुरा
अरु गर्छन जाँड रक्सी सूर्तीका कुरा

आफ्नैभित्र ईश्वर छ खोजी हेर भन्दा
किन गर्छौ मन्दिर मस्जिद मूर्ती कुरा

माँखो पनि न मर्ने छन् देशका ठुला ठालु
लाज लाग्छ सुन्दा पनि फुर्तीका कुरा

जून तारा सौर्य मण्डल मङ्गलग्रहतिर
गफै ठुला, कस्ले गर्ने धर्तीका कुरा

तिर्थ”यात्री”पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *