Skip to content

यात्रा जिन्दगीको

  • by


यात्रा यो जिन्दगीको कस्तो कस्तो
भोकाएकाको गाँस जस्तो हो कि ?
बगरको बालुवा जस्तो !

हरपल टुटिजाने सपना हो कि ?
घाम सँगै टप्की जाने शीत जस्तो
यहाँ बाँच्नेहरू नै अन्योलमा छन् हेर
सुखको सागर हो कि आँशुको भेल ?
यो जिन्दगीको यात्रा कस्तो कस्तो ?

स्वतन्त्र भै उड्ने बादल हो कि
साझँ नपर्दै ओइलाई जाने फूल हो ?
कोहीलाई लम्ब्याउने रहर यहाँ
कोहीलाई व्यर्थै लाग्ने जीवन यहाँ
फूल हो कि काँडा बुझ्नै गार्हो
यात्रा यो जिन्दगीको कस्तो कस्तो ?

समुन्द्रको मन्थन हो कि
मरुभूमिको उँट जस्तो
बाचुन्जेल दुख पीडा, मरेपछि हाइ-सन्चो
तर्ने आँखाहरू पनि रसाउने
यो जिन्दगीको रीत कस्तो कस्तो
यात्रा यो जिन्दगीको कस्तो कस्तो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *