Skip to content

सागर जस्तै गहिरो पहाड जस्तै अटल हामी दुइ हुनु पर्छ है

“गीत”

चिर्न सक्ने बादल बनि हामी किरण हर क्षितिज छुनु पर्छ है
**********************************************************
हावा-हुरी छाडौं आउन सक्छ आंधी ढल्ने छैन हाम्रो घर
बिस्वाश हो ठुलो नलिउ कति संका हाम्रो मनमा नहोस डर
फूल्न खोज्दा कमल लाग्न सक्छ हिलो सित बनि धुनु पर्छ है
चिर्न सक्ने बादल बनि हामी किरण हर क्षितिज छुनु पर्छ है
**********************************************************
आकास-धर्ति जस्तै दुरी टाढा भएनी मनको नदि नबगौं
मन्द नै होस् मुस्कान हाँस्नु छैन अहिले जोरी-पारी नजगौं
सामिप्यमा हुँदा अंगालोमा बाँधी खुशीले रुनु पर्छा है
चिर्न सक्ने बादल बनि हामी किरण हर क्षितिज छुनु पर्छ है
**********************************************************
सागर जस्तै गहिरो पहाड जस्तै अटल हामी दुइ हुनु पर्छ है
चिर्न सक्ने बादल बनि हामी किरण हर क्षितिज छुनु पर्छ है
–:>राजेश रुम्बा लामा “अतृप्त”
०७-१०-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *