तिम्रो यादको आगो बल्दा, जलिसक्यो मुटु
छैन हलचल स्थिर छ, गलिसक्यो मुटु ।
खोज्थे सधैं बादल बनी, मनले चारै तिर
बनाकै हुँ पहाड मुटु, पर्दा खेरी पीर
तिम्रो झल्को तुफान् बन्द, ढलिसक्यो मुटु
छैन हलचल स्थिर छ, गलिसक्यो मुटु ।
निर्दयको जगमा उभियो, ठिक छ खुशी हुनु
रित्ताई छाड्यो तिमीले मलाई, ठिक छ झुसी हुनु
खोज्दिन म अब जोरी, थलिसक्यो मुटु
छैन हलचल स्थिर छ, गलिसक्यो मुटु ।
तिम्रो यादको आगो बल्द, जलिसक्यो मुटु
छैन हलचल स्थिर छ, गलिसक्यो मुटु ।
-राजेश रुम्बा लामा “अतृप्त”
१०-१०-२०११