Skip to content

धन्न लेख्दैछन् नेपालका साहित्यकारहरु


स्तरीय अनुवादको कमीले गर्दा मात्र हामी विश्वसाहित्यको जगतमा उभिन सकेनौँ वास्तवमा हामी पनि संसारको सबभन्दा राम्रो साहित्य लेख्छौँ भन्ने गाइँगुइँ बीचबीचमा सुनिन्छ नेपालका किवलेखकहरुबाट । ‘फलाना नेपालका शेक्सपियर फलाना नेपालका शेल्ली’ भन्दै समालोचकहरुले पनि नेपालका साहित्यकारहरुलाई विश्वसाहित्यको जगतमा उचाल्ने गरेको देखिन्छ । अनि नोबेल पुरस्कार प्राप्त कृतिहरुसँग आफ्ना रचनाहरु दाँज्दै यो दामी पुरस्कार त मैले नि पाउनुपर्ने थियो भन्ने चर्चा गर्दै हिँड्ने साहित्यकारहरु पनि भेटिन्छन् देशमा । नेपाली साहित्यका पाठकहरु चाहिँ यस्ता कुरा सुनेर छक्क पर्छन् । उनीहरुले विश्वसाहित्यको गहिरो अध्ययन नगरेका हुनाले आफ्नो असहमति जनाइहाल्न पनि सक्दैनन् तर नेपालको साहित्य पढ्दै नपढिदिएर उनीहरु खसाल्छन् आफ्नो भिन्न मत ।

मानिलिऊँ नेपालमा विश्वस्तरीय साहित्य रचिन्छ नै । तर नेपालको साहित्यले पाठकहरुको विश्वास जित्न सकेको छैन भन्ने कुरा साहित्यिक पुस्तकहरुको बिक्रीबाट नै प्रस्ट छ । नयनराज पाण्डेको २०५५ सालको उलार उपन्यास जुन साँच्चै नै विश्वसाहित्यको उपल्लो दर्जाको कृति मान्न सकिन्छ त्यसको १००० प्रति मात्र बिक्री भयो । हालसम्म कृष्ण धरावासीको २०५६ सालको चर्चित उपन्यास शरणार्थी को प्रथम मुद्रण मात्र भएको छ । समाजका ठूलाबडा महानुभाव लगायत बुद्धिजीवीहरुले सित्तैँमा पाए मात्र हाम्रा कृतिहरु पढ्छन् आफ्नो खल्तीबाट एक पैसा झार्दैनन् भन्ने गुनासो बारम्बार पोख्छन् पीडित लेखककविहरु । हुन पनि आफूलाई मन पर्ने साहित्यकारको नाम लिँदा प्राय: बुद्धिजीवीहरु लक्ष्मीप्रसाद देवकोटातिरै फर्कन्छन् किनभने समकालीन साहित्यसँग उनीहरुको परिचय नै छैन । त्यसैले पनि होला अचेल दिनदिनैजस्तो आयोजना गरिने साहित्यिक सभा र भेला गोष्ठी र अभिनन्दन कार्यक्रममा साहित्यकारहरुकै बढी सहभागिता हुन्छ । नेपालका साहित्यकारहरुले बाहेक कसैले नेपालको साहित्य पढ्दैन भन्ने दाबी गर्छन् साहित्यकारहरु स्वयं । तर भन्ने नै हो भने हामी साहित्यकार नै एकअर्काका कृति पढ्दैनौँ । कथा र कविता लेख्न बरु तम्सिन्छौँ हामी नेपाली पढ्ने कष्ट भने गर्दैनौँ ।

दोषी को
नेपालको साहित्यले पाठक नपाउनुका दोषीहरु थुप्रै छन् । पहिले त नेपालको सामाजिक जगत नै दोषी छ । हाम्रो शिक्षित समुदाय अत्यन्त सानो छ र त्यसमा पर्ने अधिकांश मानिस आफ्नो नाम लेख्नुबाहेक धेरै जान्दैनन् । प्रौढ शिक्षाको पहिलो गोरेटो उक्लिनासाथ मालती मङ्घले पढ्न साहस गर्ने इलामकी एउटी आमालाई एकपटक भेट्दा मलाई अमेरिकन कवि विल्यम कार्लोस विल्यम्स्को कविताको सम्झना आयो :

खबर पाउन मुस्किल पर्ला कविताबाट तर यसमा हुने कुराको कमीले मानिस दिनदिनै कष्टकारी काल भोग्दैछन् ।
नेपालीहरुलाई साहित्यमा डुबुल्की मार्ने तीब्र इच्छा नभएको होइन । तर आजसम्म लोक तथा धार्मिक कथाकिस्सा लोक तथा आधुनिक गीत र मन चोर्ने उखानटुक्काहरु नै हुन् हाम्रा आम अभिव्यक्तिका माध्यम । मौखिक साहित्यमा हामी निक्कै सम्पन्न पनि छौँ । तर लिखित साहित्यको’र यसमा पनि धार्मिक ग्रन्थ होइन आधुनिक साहित्यको’मर्म बु´ने बु´न खोज्ने पाठकहरु जन्माउन भने हामी धेरै पछि परेका छौँ ।

साहित्यलाई ओझेलमा पार्ने दोषीहरुमध्ये शिक्षामा होइन साक्षरतामा जोड दिने हाम्रो शिक्षा प्रणाली पनि पर्छ । जिन्दगीमा पहिलो पटक हामी जब एउटा कविताको मोहमा पर्छौं वरिपरिको सम्पूर्ण भवसागर नै डगमगाउँछ: त्यतिञ्जेलसम्म अदृश्य सब कुरा छर्लिङ्घएजस्तो हुन्छ त्यतिाजेल अज्ञात सब सत्यहरु थाहा पाएजस्तो हुन्छ । यो अनुभूतिबिनाको जिन्दगी नीरस हुन्छ । डाक्टरी ईाजनियिरङ अर्थविद्या समाजशास्त्र आदिले जीविका चलाउन सिकाउलान् तर कलासाहित्यले जिन्दगी जिउन सिकाउँछ भन्ने मान्यताले ठाउँ पाएको छैन हाम्रो शिक्षा प्रणालीमा । विद्यालय क्याम्पस र विश्वविद्यालयसम्मको पढाइ गर्नेहरुले पनि पाठ्यक्रममा नपर्ने साहित्य पढ्ने सल्लाह र सुझाव पाउँदैनन् साहित्य पढ्ने वातावरण पाउँदैनन् गतिला पुस्तकालय र पुस्तक पसलहरु पाउँदैनन् । फेरि साहित्य पढेर त्यसको सार आफ्नो जिन्दगीमा उतार्नका लागि मिल्दो सङ्घतको पनि आवश्यकता पर्छ । साहित्यिक कृतिहरुमा बहस र छलफल गर्ने समूहहरुको गठन गर्ने चलन छैन नेपालको राजधानीमा समेत । कलासाहित्यले आजको जनजीवनको नगण्य भाग ओगटेको छ । पन्ध्र वर्ष अगाडिसम्म शङ्र लामिछाने वा भूपि शेरचनका रचना नपढ्ने बुद्धिजीवीलाई समाजमा आफ्नो इज्जत धान्न अलि समस्या पथ्र्यो तर मोहन कोइराला ईश्वर बल्लभ रमेश विकल इन्द्रबहादुर राईजस्ता समकालीन साहित्यका धरोहरहरु नपढ्दा पनि आफूमा गौरव गर्ने बुद्धिजीवीहरु जन्माउँछ हाम्रो हालको शिक्षा प्रणालीले ।

मुश्किलले साहित्य पढ्न तम्सिनेहरुले बेहोर्नुपर्ने दु:खको कहानी पनि नमीठो छ । हिमाल को कार्यालयमा हरेक महिना ४० ५० नवप्रकाशित किताबहरु आइपुग्छन् जुनमध्ये ८० प्रतिशत कविता सङ्ग्रह हुन्छन् । तर आजभोलि प्रकाशित अधिकांश कवितामा कविता हुँदैन कथामा कथा हुँदैन । गालीगलौज शैली सस्तो माया शैली गन्थन शैली र भाषण तथा उपदेश शैलीको बाहुल्य देखिन्छ हालका कृतिहरुमा । आजसम्म नेपालको जेजति समकालीन साहित्य मेरो हात पर्यो त्यसको अध्ययन गर्दा मैले थुप्रै कथा र कविता पाएँ जुन विश्वसाहित्यका सबभन्दा राम्रा कृतिहरुमा गनिन योग्य छन् । समस्या यति मात्र हो कि इस्मालीको जुन कथा सङ्ग्रहमा ‘माछो माछो भ्यागुतो’ र ‘लाश’ जस्ता अत्युत्तम कथाहरु पाइन्छन् त्यसमा ‘शरणार्थी’ र ‘कृपापात्र’ जस्ता सामान्य कथाहरु पनि पाइन्छन् । फणीन्द्र नेपालको जुन कविता सङ्ग्रहमा ‘करुणा प्रारम्य’ ‘जीवनमा सपना’ र ‘औंलामा दशैं’ जस्ता स्वादिला कविताहरु पाइन्छन् त्यसमा ‘मुक्तिको अशेष चेतना’ र ‘कानून’ जस्ता खल्ला कविताहरु पनि पाइन्छन् । उहाँहरुको एउटै सङ्ग्रहमा राम्रा र नराम्रा कृतिहरुका दुवै नमुना भेटिन्छन् । र यसमा उहाँहरु एक्लै हुनुहुन्न । आजका सबभन्दा जल्दाबल्दा मान्न सकिने कथाकार राजवको एक कथा सङ्ग्रहमा परेका आधा कथाहरु मात्र वास्तवमा विश्वस्तरीय

होलान् । माजु काँचुलीको कविता सङ्ग्रहमा एकतिहाइ कविता मात्र विश्वस्तरीय होलान् । जान्ने पाठकहरुले एकअर्कालाई किताब पढ्न दिँदा यसको यो कथा वा यी कविताहरु मात्र पढ्नू है अरु त झूर छन् भनेको म धेरै सुन्छु । नजान्ने पाठकहरुले चाहिँ एउटा झूर कथा पढ्छन् र राम्रो कथाको खोजीमा अर्को झूर कथा पनि पढ्लान् । तेस्रो झूर कथामा उनीहरुले किताब थन्क्याउँछन् र एफ्।एम्। रेडियो सुनेर बरु डिस्को शैलीमा नाच्न थाल्छन्: साहित्य पढ्न कसैले टाउको दुखाउँदैन । त्यो थन्किएको किताबको तेस्रो कथापछिका सबै कथा राम्रै होलान्: तर लेखकले पाठक गुमाइसकेको हुन्छ र त्यो पाठक त्यही किताबमा मात्र होइन कुनै पनि साहित्यिक किताबमा हतपत फर्केर आउँदैन ।

स्वयं प्रकाशित किताबमा स्तरीयता नहुनु भनेको मामुली कुरा होला । तर गतिलै प्रकाशकहरुबाट आउने कृतिहरुमा पाइने लापरवाहीले पाठकको अपमान गर्छ । दु:खको कुरा एकदुई प्रकाशकले बाहेक अरुले किताब छाप्नुअघि त्यसको सम्पादन गर्ने प्रथा बसालेका छैनन् । व्याकरण र भाषा सच्याउनका लागि मात्र सम्पादनको आवश्यकता हुँदैन साहित्यमा: बरु कथानक दृष्टिबिन्दु पात्रीकरण चित्रण प्रतीक व्याजना लय छन्दजस्ता लेखनकलाका अन्य पक्षहरुमा हुनसक्ने कमजोरी हटाउन सक्ने सम्पादनको आवश्यकता पर्छ अर्थात् कृतिमा लुकेको भाव समेत बुझेर त्यसलाई दर्शाउन जान्ने सम्पादनको जरुरी हुन्छ । यस्तो सकि्रय सम्पादनको अभावले गर्दा पाठकहरुमाथि हाम्रो साहित्यले घोर थिचोमिचो गरिरहेको छ: आफ्ना पाठकहरुलाई सताउने मन त कुनै पनि किवलेखकको हुँदैन तर दुर्भाग्यवश यसॊ हुने सम्भावना ठूलो छ नेपालको साहित्यिक जगतमा ।

किताबहरुको अनियमिततामा प्रकाशकहरुलाई मात्र दोषी ठहर्याउन सकिन्न साहित्यकारहरुतिर पनि हेर्नुपर्ने हुन्छ । वास्तवमा साहित्यकारले स्रष्टाको मात्र होइन अलिअलि ध्वंसकको भूमिका पनि निभाउनु पर्छ अर्थात् आफूबाट जे जन्मियो त्यसलाई माया गर्ने आमाजस्तो मात्र होइन त्यसको इखालु आलोचक पनि हुनुपर्छ । लक्ष्मीप्रसाद देवकोटाले जस्तै आफ्नो मनमा जे आयो त्यही फरर्र लेख्ने बानी बसाल्ने हाम्रा साहित्यकारहरुले आफ्ना रचनाहरुलाई दुई तीन चार पटक दोहोर्याएर नसच्याउने मात्र होइनन् यसो गर्नेहरुलाई साहित्यकार मात्र होइन मान्छे नै गन्दैनन् । कम्तीमा आफ्ना बिग्रेका रचनाहरु चिन्न सक्ने खुबी हुनुपर्छ किवलेखकमा र तिनीहरुलाई जलाउनसम्म त म भन्दिनँ कसैले नदेख्ने ठाउँमा लुकाउन सक्नुपर्छ । र राम्रोनराम्रो कृति ठम्याउने क्षमता आफूमा नभए अरुहरुको सल्लाह माग्ने बानी बसाल्नुपर्छ । तर यसो गर्न किवलेखकहरुले आफ्ना र अरुहरुका रचनाहरुमा खुल्ला बहस गर्न सक्नुपर्छ ।

साहित्यकारहरु स्वयंबाट सुनिन्छ नेपालका साहित्यकारहरु साह्रै अहंकारी छन्: आफ्नो लेखाइ मात्र सर्वश्रेष्ठ ठान्छन् अरुका रचनाहरु पढ्दा पनि पढ्दैनन् विश्वसाहित्यको अध्ययन नै गर्दैनन् राम्रा रचनाहरु हात पारे तिनीहरुलाई आफ्नै भनेर चोर्न पनि पछि पर्दैनन् । यसो भनिहाल्न म तयार छैन । तर साहित्यकारहरुबीचको कलह कम छैन नेपालमा । फलानाले उद्घाटन गर्ने कार्यक्रममा के जानु फलानाले आफ्नो किताब विमोचनमा मलाई निम्त्याउँदा आवश्यक मान पुर्याएन त्यसैले म जान्नँ भन्ने नोकरशाही प्रवृत्तिका साहित्यकारहरु थुप्रै भेटिन्छन् हाम्रो देशमा । विनम्रताबिना खुल्ला सम्वाद हुन सक्दैन । तर खासगरी ‘डेमोक्र्याट्स्’ मानिने लेखकहरु आफूलाई सिर्जनाका एक्ला टापु मानी एकआपसबाट नितान्त अलग्गिएका छन् । वाम खेमाका लेखकहरुबीच भने साहित्यिक सम्वादको विस्तार गर्ने औपचारिकअनौपचारिक प्रयासहरु भएको देखिन्छ । तर वाम र ‘डेमोक्र्याट्स्’ लेखकहरुबीच कुनै खास सम्वाद स्थापना भएको देखिन्न आज । बरु पार्टीगत राजनीतिले साहित्यकारहरुको स्वतन्त्र विवेकलाई बन्देजमा राखेको छ: वाम लेखक भएपछि ‘बुर्जुवा’ किवलेखकहरुलाई धिक्कार्नै पर्ने र काङ्ग्रेस पार्टीसँग साइनो गाँस्ने साहित्यकारहरुले ‘वामे’ हरुलाई होच्याउनै पर्ने विधि पुर्याई छाड्छन् सबैले । अरु मान्छेभन्दा साहित्यकारहरु बढी संवेदनशील त हुन्छन् नै बढी घमण्डी पनि हुन्छन् कि कुन्नि राजधानीका किवलेखकहरुसँगको सीमित सङ्घतबाट मैले देखेकी छु: काठमाडौँ खाल्टोभरि अटाइ नसक्ने अहंकार पालेका छन् हाम्रा किवलेखकहरुले । यसैले पनि हो प्रज्ञाप्रतिष्ठानजस्ता साहित्यिक संस्थाहरु पूर्ण रुपमा निस्क्रिय देखिने ।

यसरी आजको साहित्यको समस्यामा गहिरिँदै जाँदा नेपालको सामाजिक जगत शिक्षा प्रणाली प्रकाशक र लेखककविहरुलाई समेत दोषी ठहर्याउने प्रशस्त ठाउँ भेटिन्छ भने पाठकहरुलाई पनि एकचोटि मज्जाले हकार्नै पर्ने हुन्छ । झट्टै नबुझीने कुराहरु बु´न खोज्नु भनेको पाठकको धर्म हो: मेहनत गर्नुपर्छ जिन्दगीका सबभन्दा गहन अनुभूतिहरु कथाउपन्यास वा कविताबाट ग्रहण गर्न । तर आफूले नबु´ने कृतिलाई धिक्कार्न हतारिन्छौँ हामी । साहित्यमा रुचि राख्नेहरुको जमघट गर्ने साहित्यिक छलफलहरुको व्यवस्थापन गर्ने वा तिनीहरुमा भाग लिने अनि मन परेका साहित्यकारहरुको सङ्घत खोज्ने र अझ भन्ने हो भने साहित्य क्षेत्रलाई विकास गर्न र साहित्यलाई आम जनजीवनमा विस्तृत बनाउन सहयोग पुर्याउने सचेत पाठकहरुको ठूलो खाँचो छ हामीकहाँ । गार्मेन्ट कार्पेट बोर्डिङ स्कूल पश्मिना उद्योगहरुमा लगानी गर्न हतपतिएका हाम्रा खुद्रामसिना तथा ढ्याब्रे पूँजीपतिहरुले साहित्य पढ्ने फुस्रत पनि पाउँदैनन् होला । रुखो जिन्दगी जिउनु उनीहरुको विवशता हो । तर उनीहरुले साहित्यिक क्षेत्रतिर पाठकको दृष्टिले नहोला उद्योगपतिकै दृष्टिले हेरे भने पनि ठूलो होइन सानो तर इज्जतिलो नाफा कमाउने ठाउँ पाउन सक्थे । मुख्य कुरा यति हो: पाठकले साहित्यकारको कृतिलाई गहिरिएर पढिदिए र मनपरेका साहित्यकारहरुलाई आफ्नै मनभित्र मात्र भए पनि माया गरिदिए हाम्रा किवलेखकहरुले लेख्ने ठूलो हौसला पाउँथे ।

कस्तो साहित्य लेखिँदैछ आज
नेपालको हिजोआजको साहित्यमा के कस्ता शैली सैद्धान्तिक झुकाव र प्रवृत्तिहरु देखा परेका छन् हिजोआज सो कुराको खोजी गर्न गएको साल मैले ६० वर्षभन्दा कम उमेरका ‘युवा’ कवि र कथाकारहरुका कृति खोज्दै पढेँ । पढिएका कथाकारहरुमध्ये परे मनु ब्राजाकी ध्रुवचन्द्र गौतम खगेन्द्र सङ्ग्रौला माया ठकुरी राजव सीता पाण्डे नारायण ढकाल ध्रुव सापकोटा पिटर जे। कार्थक इस्माली गोविन्द गिरी प्रेरणा सुलोचना मानन्धर गोपाल पराजुली भागीरथी श्रेष्ठ भुवन ढुङ्घाना किशोर पहाडी भाउपन्थी शशीकला मानन्धर नेपाली अनुवादमा सनत रेग्मी परशु प्रधान पद्मावती िसंह मधुवन पौडेल राजेन्द्र चोथाले र विजय चालिसे । पढिएका कविहरुमा परे शैलेन्द्र साकार वानिरा गिरी पूर्णबहादुर वैद्य नेपाली र अङ्ग्रेजी अनुवादमा माजुल तोया गुरुङ माजु काँचुली विमल निभा अविनाश श्रेष्ठ अभि सुवेदी बेन्जु शर्मा श्यामल दिनेश अधिकारी सरुभक्त बुद्ध सायमी नेपाली अनुवादमा सुरेश किरण नेपाली अनुवादमा र’कविहरु धेरै जन्माउँछ हाम्रो देशले’उषा शेरचन गोविन्द वर्तमान फणीन्द्र नेपाल प्रतिसरा सायमी कुमुद देवकोटा सुष्मिता नेपाल शारदा शर्मा श्रवण मुकारुङ विष्णु विभु घिमिरे पद्मावती िसंह विप्लव प्रतीक मोमिला कुन्दन शर्मा चन्द्रकला नेवार र शुभ श्रेष्ठ । पढ्ने क्रममा थुप्रै साहित्यकारहरु छुटे अवश्य नै : उपन्यास विधा िसङ्घै छुट्यो निबन्ध विधा छुट्यो अनि नेपाली भाषाबाहेक अरु भाषाभाषीहरुमा लेख्ने करीब करीब सबै किवलेखकहरु छुटे । तर पनि यो अध्ययनबाट आजको साहित्यको बारे केही अड्कल काट्न सकिन्छ ।

मेरो अध्ययनको पहिलो निष्कर्ष: आजको समय सामाजिक साहित्यको समय हो । समाजले व्यक्तित्वको निर्माण गर्छ अर्थात् कुनै पनि व्यक्तिको भौतिक र ऐतिहासिक परिवेशले उसको चैतन्यको संरचना बनाउँछ भन्ने माक्स्रवादी मान्यताले विश्वसाहित्यकै जगतमा बाहुल्य पाएको समय हो यो । यही मान्यताको बाहुल्य छ नेपालको समकालीन साहित्यमा पनि: समाजले व्यक्तिहरुलाई कसरी डोर्याउँछ भन्ने विषयमा केन्द्रित छ आजको अधिकांश साहित्य । तर यसो भन्दैमा हाम्रा ‘डेमोक्र्याट्स्’ साहित्यकारका रचनाभन्दा वाम साहित्यकारका रचनाहरु बढी प्रभावशाली छन् भन्न सकिन्न । बरु ‘डेमोक्र्याट्स्’ हरुले आफूलाई ‘डेमोक्र्याट्स्’ सावित गर्ने सैद्धान्तिक आधारहरु अनि वाम साहित्यकारहरुले आफूलाई वाम मान्ने सैद्धान्तिक आधारहरु अत्यन्त फितला भएका छन् आज । चिन्तनमा दिनेश अधिकारी र विमल निभाका कविताहरुमा कुनै असाम्य फाटो छैन । हो दिनेश अधिकारीले आफ्ना कविताका ‘म’ पात्रहरुको व्यक्तिगत पीडामा बढी जोड दिन्छन् भने विमल निभाले ती पीडाहरु जन्माउने समाजको बनोटमा बढी जोड दिन्छन् । तर यी दुई कविमा कुनैले पनि व्यक्तिलाई आफ्नो भौतिक र ऐतिहासिक परिवेशबाट अलग्गिएको प्राणीको रुपमा प्रस्तुत गर्दैनन् र यस अर्थमा दुवैले आफ्नो साहित्यमा माक्स्रवादी मान्यता पालना गरेका छन् ।

यो तर्क धेरैलाई अपाच्य हुन सक्छ । एकातिर ‘डेमोक्र्याट्स्’ साहित्यकारहरुले भन्लान्: ‘व्यक्तिगत स्वतन्त्रतामा हामी बढी जोड दिन्छौँ पात्रहरुका मनोवैज्ञानिक पक्षमा हामीलाई विशेष रुचि छ शैलीको मामिलामा पनि हामी कुनै साँघुरो सौन्दर्यशास्त्रले बाँधिन्नौं । माक्स्र होइन प्रुायड हुन् हाम्रा साहित्यको बाउ । ‘यी सब त काल्पनिक कुरा हुन् आफूलाई ‘डेमोक्र्याट्स्’ भनेपछि भन्नै पर्ने कुरा हुन् अर्थात् उहाँहरुको साहित्यले पुष्टि नगर्ने कुरा हुन् । सामाजिक चिन्तनहरु नै अग्रभूमिमा परेका छन् ‘डेमोक्र्याट्स्’ किवलेखकहरुका रचनाहरुमा । र फेरि प्रजातान्त्रिक मान्यताकै कुरा गर्ने हो भने वाम साहित्यकार खगेन्द्र सङ्ग्रौलाका दलित जनजीवनमा आधारित कथाहरुले जत्तिको स्वतन्त्रताको माग गर्ने रचना ‘डेमोक्र्याट्स्’ हरुबाट बिरलै लेखिएको देखिन्छ ।

यस्तो तर्क सुन्दै अर्कातिर वाम खेमाका साहित्यकारहरु भन्लान्: ‘बुर्जुवा साहित्यकारजस्ता होइनौं हामी व्यक्तिवादी मान्यतामा आधारित रचनाको हामी विरोध गर्छौं । ‘तर समाज बेगरको व्यक्तिको कुनै औचित्य हुँदैन भने व्यक्ति वेगरको समाजको पनि कुनै औचित्य हुन सक्तैन साहित्यमा । वाम खेमाका साहित्यकारहरुमा कम्युनिस्ट सौन्दर्यशास्त्रको पालना गर्नेहरु र वाम सौन्दर्यशास्त्रको पालना गर्नेहरुबीचको दुरी प्रस्ट्याउन उचित होला यहाँ । कम्युनिस्ट सौन्दर्यशास्त्रले कलासाहित्यलाई कम्युनिस्ट क्रान्तिको हतियारको रुपमा प्रयोग गर्छ र मानिसलाई यान्त्रिक र भौतिक दृष्टिले हेर्छ । कम्युनिस्ट सौन्दर्यशास्त्रले नारा र भाषण तथा उपदेश शैलीमा धेरै जोड दिन्छ । त्यसैले पनि होला शोषणका कथा रच्नेहरुले शोषितहरुको मर्कालाई मन छुने तरिकाले देखाउन सक्तैनन् र सामाजिक अन्यायका कविता रच्नेहरुले न्याय कुर्नेहरुको दु:खलाई मन छुने गरी व्यक्त गर्न सक्तैनन् । कम्युनिस्टभन्दा वाम अर्थात् माक्स्रवादी र नवमाक्स्रवादी सौन्दर्यशास्त्र धेरै फराकिलो हुन्छ र त्यसमा व्यक्तिको अन्तरमनको अभिव्यक्तिका लागि प्रशस्त ठाउँ भेटिन्छ । खासगरी आजको पश्चिमी साहित्यका धरोहर गाबि्रयल गासर्िया मार्केज सल्मान

रुश्दी आदिले पालना गर्ने नवमाक्स्रवादी सिद्धान्तमा माक्स्र र प्रुायडको सुमधुर भेट हुन्छ नै । अर्थात् प्रेम घृणा कल्पना आस्था आध्यात्मिक चासो र अरु सब मानवीय भावनाहरुमा प्रवेश गरेर लेख्नुलाई ‘बुर्जुवा’ ठहर्याइन्न नवमाक्स्रवाद दर्शनमा । नेपालका वाम साहित्यकारहरु मानुन्नमानुन् हाम्रो आजको सबभन्दा उत्कृष्ट वाम साहित्यमा यही दर्शनको पालना भएको छ । नारायण ढकालजस्ता कम्युनिस्ट लेखक यस समूहमा पर्छन् र मनु ब्राजाकी र माया ठकुरीजस्ता गैरकम्युनिस्ट लेखकहरु पनि पर्छन् यसै समूहमा । अनि फेरि बाम साहित्यकारहरु मानुन्नमानुन् माजु काँचुली र सीता पाण्डेजस्ता कथित गैर वाम साहित्यकारहरुले उनीहरुले जत्तिकै योगदान पुर्याएका छन् नेपालमा बाम साहित्यको विस्तार गर्न । विचारणीय कुरा हो माजुलजस्ता कम्युनिस्ट आन्दोलन चलाउने व्यक्तित्वले कम्युनिस्ट सौन्दर्यशास्त्रबाट अलग्गिएर नवमाक्स्रवादी सौन्दर्यशास्त्रमा पुग्ने निर्णय लिए । विचारणीय कुरा हो कम्युनिस्टहरुले ‘बुर्जुवा’ मान्ने अभि सुवेदीबाट रचिएको काव्यनाटक ‘आरुका फूलका सपना’ लाई सैद्धान्तिक रुपमा सबल वाम साहित्य मान्नुपर्ने हुन्छ । अत: आजको ‘डेमोक्र्याट्स्’ र वाम साहित्यमा कुनै फाटो छैन ती दुवैलाई माक्स्रवादी र नवमाक्स्रवादी दर्शनले सजिलैसँग समेट्छन् । यो हो आजको साहित्यसम्बन्धी मेरो पहिलो निष्कर्ष ।

मेरो दोस्रो निष्कर्ष हो हालको साहित्यको शैलीको बारे: सिद्धान्तमा नभए पनि शैलीमा चाहिँ निक्कै भिन्नता छ आजको साहित्यमा । आजको कम्युनिस्ट गद्यमा क्रान्तिकारी स्वच्छन्दतावादी शैलीको हाबी रहेको छ भने बाँकी गद्यमा यथार्थवादले प्रभाव पारेको देखिन्छ । ध्रुवचन्द्र गौतमका जस्ता केही प्रयोगवादी प्रयासहरु फाट्टफुट्ट भइरहेका छन् तर आजको साहित्यमा पारिजातकै ठूलो छाप देखिन्छ । कवितामा पनि एक पुस्ताअघिको आयामेली र प्रयोगवादी शैलीको इन्कार भएको देखिन्छ र हाल भूपि शेरचन र गोपालप्रसाद रिमाल नै उदाहरणीय रहेका देखिन्छन् । तर हरेक साहित्यकार आफ्नो छुट्टै पहिचानको खोजीमा लागेको छ: भुवन ढुङ्घाना र गोपाल पराजुलीका कथाहरु शैलीमा बिल्कुल फरक छन् । बेाजु शर्मा र सरुभक्तका कविताका बेग्लाबेग्लै विशिष्टता छन् । कुनै पनि किवलेखकले आफ्नो मौलिक शैली भेट्टाउन निक्कै मेहनत अध्ययन र खोजी गर्नुपर्छ जुन काम भइ नै रहेको देखिन्छ आजको साहित्यको भिन्नताबाट । तर यी व्यक्तिगत प्रयासहरुले हाल कुनै आम सामूहिक शैलीगत आन्दोलनको रुप लिएका छैनन् ।

विषयवस्तुको सन्दर्भमा भने आजको बढ्दो क्षेत्रीय साहित्यले आन्दोलनको रुप लिन सकेको छ । मेरो तेस्रो निष्कर्ष आजको साहित्यको विषयवस्तुमा नै केन्द्रित छ । नेपालको आधुनिक साहित्य बढी काठमाडौँकेन्द्रित थियो भने काठमाडौँ बाहिरका विषयवस्तुमा लेख्ने किवलेखकहरुले र कविभन्दा बढी लेखकहरुले नै नेपाली जनजीवनको भिन्नतालाई प्रकट गर्न सकेका छन् । मनु ब्राजाकी सनत रेग्मी भाउपन्थी र इस्मालीजस्ता लेखकहरुबिना आजको साहित्य वास्तवमा दरिद्र हुन्थ्यो विषयवस्तुको दृष्टिकोणले । राजवले मुसलमान परिवेशमा कथा लेख्नु वा वानिरा गिरीले जनकपुरको परिवेशमा उपन्यास लेख्नु भनेको साहित्यको विषयवस्तुलाई फराक पार्ने प्रयास गर्नु हो । साहित्यकारहरुले यात्रा संस्मरण लेख्नुपछाडिको कारण पनि विषयवस्तुको खोजीसँग गाँसिएको छ: सही नेपाल खोज्दैछन् काठमाडौँकेन्द्रित साहित्यकारहरु । यो प्रवृत्ति आफैँमा राम्रो हो र यसभन्दा राम्रो हो क्षेत्रीय साहित्यको विस्तार ।

क्षेत्रीय साहित्यको एउटा पक्षमा म विशेष जोड दिन चाहन्छु : त्यसको बहुभाषीयता । हामी अधिकांश नेपालीहरु दुईतीन भाषा बोल्छौँ तर अनौठो कुरा हाम्रो जनजीवनमा नहुने अस्वाभाविक भाषिक शुद्धता पाइन्छ नेपालको साहित्यमा । जब हामी भाषिक अशुद्धतामै रमेर आफ्ना जिन्दगी गुजार्छौं फेरि किन भाषाभाषा छुट्याएर शुद्धता अपनाउँछौँ हाम्रो साहित्यमा मनु ब्राजाकी एउटा कथामा लेख्छन् : कहिलेकाहीं ऊ भन्छे ‘भैया द्र कहु ल पापी पेटके खातिर हम ई परम्परा आ ढकोसला बेच देली…।’ इस्माली लेख्छन् : ‘अब तिलक दानदहेज येही पार में बन्द भे गेलै ।’ टोल छिमेकको जेठोबाठो कहलिएको देवकी राय बुज्रुक भएर बोल्दछ ।’ जनताको मुखको बोलीले सुनुवाई पाउने युगमा यस्तै हुनुपर्ने होइन र हाम्रो आम अभिव्यक्तिको भाषा?

भाषाकै प्रश्नमा केन्द्रित छ मेरो चौथो निष्कर्ष । एकातिर छ भाषाको शुद्धताको प्रश्न अर्कोतिर छ भाषा स्वयंकै प्रश्न । आजको जनजाति आन्दोलनसँग गाँसिएको भाषा आन्दोलनले नेपालको साहित्यको स्वरुप बदल्दै छ । नेपालमा ७१ भाषाहरु बोलिन्छन् जसमध्ये ९ वटाका लिपि छन् र १२ वटाका लिपिको विकास गरिँदैछ । बैरागी काईँलाजस्ता केही व्यक्तिका प्रयास अनि अरु संस्थागत प्रयासहरुले गर्दा नेपाली साहित्य भनेको मूलत: नेपाली भाषाको साहित्य हो भनेर दावी गर्नै नसकिने होला आजको पन्ध्रबीस वर्षमा । अझै पनि पूर्णबहादुर वैद्यका अनुदित कृतिहरु पढ्दा स्पष्ट देखिन्छ: नेपालको सबभन्दा गहकिलो साहित्य नेपाली भाषाको घेराभन्दा बाहिर लेखिँदैछ । हालसम्मको भाषा आन्दोलनले अरु भाषाहरुमा भन्दा नेपालभाषामा बढी जोड दिएको देखिन्छ । तर काठमाडौँस्थित नेपाल भाषा प्रतिष्ठानजस्ता संस्थाहरुले नेपालभाषाका साथै अरु भाषामा रचिएको साहित्यको अभिलेख राख्ने र त्यसलाई प्रोत्साहन गर्ने कामहरु शुरु गरेका छन् र यस्ता प्रयासले आउँदा दशकहरुमा नेपालको साहित्यको रुपरङ्घ पक्कै बदल्ने छ ।

मेरो अन्तिम निष्कर्ष हो साहित्यिक प्रकाशनको बढ्दो भेलसम्बन्धी । साहित्यमा रुचि राख्ने पाठकहरुले पनि पढ्न नभ्याउने सङ्ख्यामा प्रकाशित हुँदैछन् साहित्यिक कृतिहरु: बेतोडले साहित्य लेख्दैछन् नेपालीहरु । यसको स्तरमा कुनै नियमितता नभए पनि यो बढ्दो प्रकाशनलाई हामीले नकार्न हुँदैन बरु अभिव्यक्तिको प्रजातन्त्रीकरणको लक्षण मानी यसलाई स्वीकार्नु ठीक हुन्छ । ‘मेरो स्वरको सुनुवाई हुनुपर्छ’ भन्ने प्रजातान्त्रिक आदर्शले लेखिँदैछ आजको साहित्य । र शिक्षाको घेरा फराकिलो हुँदै जाने क्रममा कथाकविता रच्न सक्षम समूहको दायरा पनि फराकिलो हुँदै गइरहेको छ । यो फराक समुदायले आफ्नो स्वतन्त्र वाक्य खोज्दैछ र एक दिन यही समुदायले जन्माउनेछ हाम्रा आउँदा पारिजात भूपि शेरचन र गोपालप्रसाद रिमालहरु । त्यसैले आजको साहित्य’त्यो धेरैजसो झूरै किन नहोस्’धेरै मात्रामा लेखिनुपछाडिका कारण र त्यसबाट आउने परिणाम दुवै बडो सकारात्मक छन् ।

साहित्यको विकास गर्ने केही उपायहरु
नेपाली साहित्यको क्षेत्रलाई हेर्दा लाग्छ प्रज्ञाप्रतिष्ठानको सास रोकिन लागेको क्षणमा हामी त्यस वरिपरि झुम्मिएका छौँ र त्यसबिना हामी अनाथ हुन्छौँ भनेर त्रस्त छौँ । अधमरो अवस्थामा प्रज्ञाप्रतिष्ठानले फाट्टफुट्ट केही काम गर्न नसक्ने होइन गरिरहेको छ पनि । तर राज्यसत्ता र कलासाहित्यबीचको सम्बन्धलाई त्यसले भ्रष्ट पनि बनाएको छ र लेखकहरुले नेताहरुको पछाडि नलागी आफ्नो सीपको सही मूल्याङ्न हुने सपना नदेख्ने बनाएको छ । यो नेपालको मात्र समस्या होइन: प्रज्ञाप्रतिष्ठानहरुको स्वभावले नै कलासाहित्यलाई राज्यसत्ताको आलोचनाको माध्यम होइन प्रशंसाको माध्यम बनाउने गर्छ । उन्नाइसौं शताब्दीको युरोपमा प्रज्ञाप्रतिष्ठानहरु विरुद्ध साचालन भएका आन्दोलनहरुको खाँचो छ नेपालमा यहाँ पनि प्रज्ञाप्रतिष्ठानको युग समाप्त भएको कुरा मान्ने साहित्यकारहरुको ठूलो खाँचो छ ।

प्रज्ञाप्रतिष्ठानको बाबजूद स्वतन्त्र गैरसरकारी साहित्यिक संस्थाहरुको विस्तार हुनुपर्छ देशभरि । तर यिनीहरुले चाहिँदो काम गर्नु पर्छ । साहित्यको शैली र सिद्धान्तमा बन्देज लगाउने होइन बहस गर्ने काम गर्न आवश्यक छ । पुरस्कार दिन ताँती लाग्नुको सट्टा किवलेखकहरुलाई दुई तीन महिनासम्म ढुक्क भई सिर्जनशील काम गर्ने बन्दोबस्त मिलाइदिन आवश्यक छ । अभिनन्दन कार्यक्रम र पुस्तक विमोचन कार्यक्रमका सट्टा कथा र कविता वाचन कार्यक्रमहरुमा आम जनताको सहभागिता बढाउने कदम चलाउन आवश्यक छ । साहित्यकारहरु जन्माउने शिक्षा प्रणालीको विकास गर्न आवश्यक छ । विद्यालय विद्यालयमा क्याम्पस क्याम्पसमा पाठ्यक्रममा नपर्ने साहित्यिक कृतिहरु पुर्याउन आवश्यक छ । किताबको प्रकाशन प्रणालीमा आवश्यक पर्ने सम्पादनको विस्तार गर्न आवश्यक छ । प्रकाशित किताबहरुको बजारको विस्तार गर्न आवश्यक छ । स्तरीय साहित्य पढ्न नपाएर छटपटिएका जनता र स्तरीय साहित्य रच्ने किवलेखकहरुबीचको विशाल खाडल पुर्न आवश्यक छ । साहित्यकारहरुले बौलाहा रक्स्याहा वा कङ्घाल अवस्थामा नपुगी सिर्जनशील जीवन जिउन सक्ने आर्थिक आधारहरु तयार गर्न आवश्यक छ ।

देशका अरु सबै क्षेत्रमा झैं साहित्यिक क्षेत्रमा गरिनुपर्ने कामहरु थुप्रै छन् । आजका स्वतन्त्र साहित्यिक संस्थाहरुबाट जे जति काम भइरहेको छ त्यो पनि प्रशंसनीय छ किनभने अति अँध्यारो वातावरणमा तिनीहरुले उज्यालोको खोजी गरिरहेका छन् । बगर रचना अभिव्यक्ति उन्नयन घुँऐत्रोजस्ता साहित्यिक पत्रिकाहरु धन्न चल्छन् घाटा बेहोरीबेहोरी । र नेपालका साहित्यकारहरु धन्न लेख्छन् आफ्नै समय आर्थिक लाभ र सामाजिक मर्यादाको बेवास्ता गरीगरी । टाढाबाट हेर्दा साहित्यकार हुनु भनेको कुनै हल्काफुल्का लहडजस्तो देखिएला र कथा वा कविता लेख्नु भनेको आफ्नै क्षणिक रहर मेट्ने मनोवेगजस्तो देखिएला । तर वास्तवमा साहित्यकारहरुले मुलुकको सिर्जनात्मक जीवनलाई स्वस्थ राख्ने गह्रुङ्घो भार बोकेका छन् । कसैको सहयोग नपाई कहीँबाट इज्जत नपाई कुनै सानोतिनो राहत नपाई आफ्नै घरपरिवार समेतबाट माया नपाई धन्न लेख्दैछन् नेपालका साहित्यकारहरु । हाम्रो समाजको धनको रुपमा उनीहरुको कदर पो हुनुपर्ने थियो… ।

1 thought on “धन्न लेख्दैछन् नेपालका साहित्यकारहरु”

  1. kehi sujhab
    तपाइहरु कुन कुन विधा र पक्षालाइ विशेष महत्व दिनुहुद्द खबर पाउँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *