Skip to content

पूर्वीय मान्यता, पाश्चात्य दृष्टिकोण, नेपाली यथार्थ

  • by


नेपाली परिवेशभित्र सीमित भएर नेपाली महिलामाथि टिप्पणी गरेर सन्तोष लिने समय समाप्त भइसक्यो । भूमण्डलीकृत कालमा नेपाली नारी कहाँ उभिएका छन् भन्ने प्रश्न हाम्रा अन्तरमनमा स्वतः खेलिरहन्छ । आधुनिक चेतनामाथि सञ्चारक्रान्तिको प्रभाव अनुकूल नेपाली महिलाहरूको एक समूह आफ्ना दायित्व र अधिकारहरूप्रति दिनप्रतिदिन जागरुक हुँदै गइरहेको छ । बितेका दश-पन्ध्र वर्षभत्र त्यो जागरुकतामा बढी ऊर्जा र तीब्रता आएको देखिन्छ । तर पृष्ठभूमि र परम्पराको बोझ यति भारी छ कि त्यसबाट विवेकशीलतापूर्वक मुक्ति पाउन गाह्रो भइरहेको छ । एक विशाल नारी सङ्ख्या निरक्षरता, गरीबी र मध्यकालीन अन्धविश्वासमा अल्झिएको छ, बीचमा परम्परा र आधुनिकताको सन्धिस्थलमा अर्को वर्ग छ । तेस्रो धार चाहिँ परम्पराको पीडाबाट सम्यक् वा ‘रेडिकल’ स्वतन्त्रताको आकाङ्क्षा र प्रयासमा लागेको देखिन्छ ।

धर्म र परम्परा जे भए पनि अधिकांश अवसरहरूमा नारी-मीमांसा गर्दा हामी हिन्दू धर्म र नियामकहरूको अस्पष्ट/स्पष्ट छविबाट प्रभावित भइरहेका हुन्छौँ । र, यस्तो बहसको केन्द्रमा मनु र मनुस्मृति प्रभावी हुन्छन् । बहसकर्ताहरूमध्ये धेरैले कम बुझेर, बढी अनुमान गरेर जनश्रुति वा किम्वदन्तीका आधारमा र्समर्थन वा विरोध गर्न थाल्छन् । मनुले नारीको प्रशंसा र निन्दा दुबै एकसाथ गरेका छन् । एक असंदिग्ध विरोधाभासको नमूना- “जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवताहरू रमाउँछन्” एकातिर छ भने अर्कोतिर मनु जोड दिएर भन्छन्, “पति जस्तै दुष्ट भए पनि असल पत्नीले दुष्ट पतिको पूजा गरिरहनर्ुपर्छ ।” धेरै छन् पारस्परिक विरोधमा उभिएका यस्ता मनुवाणीहरू ।

तर सत्य अर्कै छ, वैदिककालमा नारीको स्थान धेरै उच्च थियो । पुरुषकी सहभागिनीका रूपमा पत्नीको सम्मानित स्थान थियो । ऊ पतिको छायाँ नभएर स्वतन्त्र सहधर्मचारिणी मानिन्थी जसलाई पुरुषको एकरस स्वामित्वको विरोध गर्ने पूरा अधिकार थियो । नारीलाई पैतृक सम्पत्ति तथा अविवाहित नै भएर आजीवन माइतीमा बस्ने अधिकार पनि थियो- बिना सामाजिक निन्दा-चर्चा । प्राचीन युवतीहरूलाई ब्रहृमवादिनी भएर जीवन बिताउने अधिकार समेत थियो । महाभारतयुगमा स्त्री कुनै पनि प्रकारको भेदभावबाट पीडित थिइन । इच्छा छ भने आफैँ वा बाबुआमाको स्वीकृति लिएर बिहे गनर्े, छैन भने ब्रहृमचारिणी भएर जीवन बिताउने । त्यसबेला छोरीलाई बोझका रूपमा लिइन्नथ्यो । ख्यात्रि्राप्त ब्रहृमवादिनीहरूको शर्ीष्ास्थानमा आउँछन्- धृतवाला, श्रुतवती र सुलभा जो सांसारिक मायाजालमा नफसेर अन्तिम सत्य, आत्मज्ञानको खोजीमा समर्पित भए । उपनिषदमा एक महत्त्वपर्ूण्ा सम्वाद छ, ऋषि याज्ञवल्क्य र उनकी पत्नी मैत्रेयीबीच । याज्ञवल्क्य भन्छन्, “सबै धनसम्पत्ति र सांसारिक ऐर्श्वर्य त्यागेर म तपस्या गर्न जङ्गल जान्छु । यी सबैकी अधिकारिणी पत्नीद्वय- तिमी र कात्यायनी- हुनेछौँ ।” मैत्रेयीले विरोध गरिन् र भनिन्, “तपाईं परम-सत्यको खोजीमा जानुहुन्छ भने मलाई पनि मोक्ष प्राप्त गर्ने त्यति नै हक छ । म पनि यो वैभव र सम्पत्तिको दर्ुगन्धमा फसेर जीवन व्यतीत गर्न चाहन्न ।” कथाका अनुसार याज्ञवल्क्य पत्नीको दावीको प्रभावमा निर्वाक भए । सँगै गाँसिएको अर्को एक प्रकरण छ जहाँ त्यसबेलाकी प्रसिद्ध विदुषी गार्गीले याज्ञवल्क्यलाई दार्शनिक र आध्यात्मिक शास्त्रार्थमा पराजित गरेकी थिइन् ।

“दाम्पत्यो साधिकारातः” पति र पत्नीबीच समान अधिकार भएको हुनाले दम्पती शब्दको प्रयोग भएको थियो । दम्पतीको अर्थ हुन्छ पति र पत्नी आफ्नो परिवारका समान, संयुक्त मालिक हुन्- न कुनै बढी न कुनै कम । यो प्रसङ्गमा रवीन्द्रनाथ टैगोरलाई सम्झन सकिन्छ । उनी भन्छन्, “लभ डज नट क्लेम पोसेसन बट् गिभ्स प्रिmडम ।” उनको आशय हो, पति पत्नीबीच गहन विवेकशील प्रेमले नै असली स्वतन्त्रताको अनुभूति दिन्छ । त्यस्तो स्थितिमा लोग्नेस्वास्नीहरू आन्तरिक र बाहृय रूपले सिर्जनात्मक, सफल जीवन व्यतीत गर्छन् ।

देखिनु र हुनुको फरक
प्राचीन चीन, जापान र अरबका नारी-जीवनको चर्चा गर्नु भनेको दारुण, बीभत्स, अमानवीय नारी अतीतको शाब्दिक सम्झना गर्नु हो । हिन्दू, बौद्ध अथवा आर्यावर्तीय मान्यताको उल्लेखलाई पनि यो लघु लेखभित्र न्याय गर्न सकिँदैन । मान्यता पर्ूर्वी होस् कि पाश्चात्य; केही सीमासम्म दुवैमा समानता भेटिन्छ नारी अस्तित्व, गरिमा र अधिकारबारे । डेढ सय वर्षर्ूव रूसमा विवाहोत्सवमा पिताले पुत्रीलाई बिदा गर्दा ज्वाइँलाई दाइजोका रूपमा एउटा कोर्रर्ााहृवीप) पनि दिने चलन थियो, छोरीलाई ठेगान लगाउन । युरोप, अमेरिकी आदि देशहरूमा अति प्रचलित उखान थियोः “स्वास्नीमान्छे, घोडा र ओखरको रूखलाई जति पिट्यो त्यति नै ठीक हुन्छन् ।” वर्तमान अमेरिकी नारी स्थितिको बयान गर्ने क्रममा बार्बरा र्रबर्टस् लेख्छिन्, “प्रत्येक बाह्र सेकेण्डमा लोग्नेहरू स्वास्नीलाई पिटिरहेका हुन्छन् र प्रत्येक दिन पिटिने नारीहरूमध्ये चार जना मृत्युवरण गर्छन् ।”

टाढाबाट हर्ेदा विकसित देशका नारीहरूको जीवन मुक्त, उन्मुक्त र मानवअधिकारका हिसाबले अति सुखी देखिन्छ । तर अक्सर देखिनु र हुनुमा ठूलो फरक हुन्छ सबै ठाउँमा, परिवारमा र व्यक्तिमा पनि । हाम्रो देशमा पनि माथिदेखि तलसम्मका नरनारी गहिरो हार्दिक उष्मासित देशभक्ति, पत्नीभक्ति, पतिभक्तिको गान गाउँछन् । तर यथार्थ उनान्सय प्रतिशतभन्दा बढी विपरीत हुन्छ । मौका पाउने कुनै स्वघोषित देशभक्तहरू भ्रष्टाचार गरेर देशलाई ‘माया गर्दै’ लुटिरहेका हुन्छन् । पत्नीप्रेमीहरू पत्नीको नरम वा कठोर शोषण गरिरहेका हुन्छन् । चाकरीवाज र अवसरवादी नारी र पुरुषको लचकता वा तरलता त अनिर्वचनीय नै छ ।

अतः प्राचीन मान्यता सधैँभरि निषेधात्मक, जीवनविमुख र अहितकर हुन्छ भनी ठान्नु सङ्कर्ीण्ाता, मूढताको परिचय दिनु हो । तर समय गतिमान छ । गतिमयता र समय-सर्न्दर्भसित समायोजित हुनसक्ने शाश्वत गुणधर्म बोकेका मान्यताहरू प्रत्येक कालका लागि उपयोगी र अर्थयुक्त हुन्छन् । पश्चिमले भौतिक प्रगतिको धेरै ठूलो सोपान चढिसकेको हुनाले बाँकी विश्व त्यतातिर आकषिर्त हुँदै गएको हो । इतिहासको प्रवाहमा पश्चिम मूलतः बहिर्मुखी देखियो, पर्ूव अन्तरमुखी । यहाँका मान्यता-निर्माता; ऋषि-चिन्तक र साधकहरू अन्तर्यात्राको आत्यन्तिक सत्यमाथि जोड दिनमा लागे र भौतिक समृद्धि, उन्नत्रि्रति उदासीन भइदिए । त्यसैले यहाँ रहस्यवाद र आध्यात्मिक सौरभ चरमचुलीमा पुग्यो । कपिल, पतञ्जलि, अष्टावक्र, बुद्ध, लाउत्जु आदि अन्तरगमनतिर लागे । उता जेनोफोन, हेर्‍याक्लिष्टस, डेमोक्रिट्स, एरिष्टोटलहरू तर्कको सहारा लिएर बहिर्गमनतिर लागे । प्राकृतिक भौगोलिक जगतको रहस्यलोक उद्घाटित हुँदै गयो पश्चिममा । विज्ञानले त्यति उचाइ लिएको कारण तार्किक विश्लेषणात्मक विश्वदृष्टि नै हो । एक अर्थमा पश्चिम ‘वोयुरिष्ट’ हो- प्राकृतिक रहस्यको गुप्तलोक हर्ेन सधैँ लालायित । यही दृष्टिभेद पश्चिमको प्रगतिको मूलमा छ । तर गोचर प्रगति अनिवार्यतः मानवीय मूल्यहरूको पर््रवर्द्धक हुन्छ भनी ठान्नु एक विस्मययुक्त भ्रान्ति हुनेछ । नारी-यातनाका कथाहरू पर्ूवका जस्तै पश्चिममा पनि लोमहर्ष छन्- र्सवाङ्गीण प्रगतिका बाबजुद ।

नेपाली नारी जगतको यथार्थ अरू देशहरू जस्तै, त्यति मधुर छैन जति हामी हर्ेन चाहन्छौँ । नारी युगौँदेखि नरकी सहगामिनी नभएर अनुगामिनीको भूमिका निर्वाह गर्दै आएकी छ । अनुगामिनी हुनुमा त्यति दोष या कष्ट छैन जति नरले नारीप्रति देखाएको कठोर, हृदयहीन दम्भमा, व्यवहारमा छ । शताब्दीयौँदेखि नेपाली स्त्री, पुरुष-बलको सामुन्ने असहाय हुँदै आइरहेकी छ । यसबाट पुरुषले के पायो, के गुमायो भन्ने कुराको विचार गर्ने अवकाश हाम्रो इतिहासले उसलाई दिएन । एक सीमित कालबिन्दुसम्म पतिहरू पत्नीहरूको झुठो प्रशंसा गरिरहेका हुन्छन्् । इतिहास अघि बढ्दै जान्छ, भूगोल पछि पर्दै जान्छ । संसारभरि नै अक्सर पुरुषहरू नूतन भूगोलको तलासमा हुन्छन् । नूतनताको नैर्सर्गिक तृष्णा स्त्रीहरूमा पनि हुन्छ- मनोवैज्ञानिकहरूलाई पत्याउने हो भने । तर मर्यादा, परम्परा र संसारको रीति यति अनुदार र पुरुषप्रधान छ कि नारी मौन भएर सहन बाध्य छन्- बाहृय जगतबाट आउने आघात र आफ्नै अन्तरजगतमा निर्मित उछाल, वेदनाहरू । एक अर्थमा नेपाली नारीहरू गणितातीतकालदेखि आफ्नै परिस्थितिको बन्दिनीको आकारमा आएका छन् । सबै एकै किसिमको नियति लिएर अवश्य पनि आएका छैनन् । नारी-पुरुषको मूल्य पद्धति निर्माण गर्नमा जातजाति, क्षेत्र, परम्परा-हस्तान्तरण, सामाजिक, धार्मिक, मनोवैज्ञानिक स्थितिहरूको बलियो भूमिका हुन्छ । र, त्यही चलिरहन्छ अनिश्चितकालसम्म- जबसम्म समाजमा सावधिक रूपले आउने अप्रत्याशित- प्रत्याशित नाटकीय झट्काहरू झंकृत गर्दैनन् ।

विलम्बित हलचल
नेपाली स्वास्नीमान्छेको स्थितिमा पचास वर्षता हलचल नआएको होइन । तर दु्रतविलम्बित गतिमा आयो । बाहृय जगतमा आएका राजनीतिक परिवर्तन, नूतन जागृति-चेतनाको उन्मेष, विज्ञानले ल्याएका अभिनव उद्घाटन आदिको एकीकृत प्रभावबाट पुरुष मात्र झस्किएन, केही मात्रामा नेपाली महिला पनि स्पर्शित भएका छन् । शताब्दीयौँसम्म विश्व-गतिविधिबाट अलग्गिरहेको नेपाल अधिराज्य अपर्झट विश्व-धारसित परिचित हुनथाल्यो । परिचयको एक अर्थ हो, ज्ञान अथवा सूचना । ज्ञानले एकातिर परमशान्ति प्रदान गर्छ, अर्कोतिर खुल्दुली र वैचेनी । बुद्धहरूको ज्ञान अपरिसीम आलोकको अवस्थिति हो जो हाम्रो ज्ञान वा सूचनासङ्ग्रहको विपरीत दशा हो- शब्दातीत, अवर्ण्र्ााय । त्यहाँ कहिले कम नहुने परमानन्द, ‘स्पिरिच्यूअल ब्लिस’ छ । यहाँ, हाम्रो लोकमा छटपटीदायक सूचना-सङ्ग्रह छ- देश र समाजको पृष्ठभूमि र चरित्र अनुसार । प्रीतिकर मात्र होइन प्रतीकात्मक छ कथा- आदम र्रर् इब अवश्य पनि ज्ञानी थिएनन् । तर निश्छल निर्बोधतामार् इडनको उद्यानमा रमाइरहेका थिए । तिनीहरूको आनन्द शैतानलाई सहृय भएन । शैतानले षड्यन्त्र रच्यो- ती दुवैलाई ज्ञान-वृक्षमा फलेको फल खुवाउन । दर्ुइ नग्न, निर्दोष प्रेमी-प्रेमिका ज्ञान-वृक्षको फल खान प्रलोभित भए । फल चाखे, खाए र अन्ततः मृत्युलोकमा खसे । यहुदी र इशाई पुराण मान्नेहरूको विश्वास छ, त्यो वर्जित फल चाखेको क्षणदेखि मान्छे अमरत्वबाट नश्वरत्वमा पतीत भयो । कथा सुन्दर र अर्थपर्ूण्ा छ ।

कथालाई बलात् तान्न सक्यो भने मानवजीवनको स्थिति र नियतिसित नमिल्ने होइन । महाकवि विलियम ब्लेकका दर्ुइ कविता सङ्ग्रहहरू- सङ्स अफ इन्सेन्स र सङ्स अफ एक्सपेरियन्सको भार निर्बोधताको आनन्द र सूचनाप्रणाली अनुभवहरूको कष्टदायक सिमाना हो । ज्ञानको फल सधैंभरि मीठो हुँदैन । त्यही कारण होला अर्ल्बर्ट आइन्स्टाइनले आफ्नै ज्ञानका कारण जीवनको अन्त्यमा पश्चातापपूर्ण समय बिताए । तर फरक छ मैले प्रस्तुत गर्न खोजेको नेपालीहरूको निर्बोधता, अज्ञानता र आदमर्-इव तथा ब्लेकको निर्बोधताबीच । यो अज्ञानता नेपाली नर र नारीहरूको इतिहास-वेगप्रतिको असहाय अज्ञानता हो ।

पचास वर्षअघिसम्म नेपाल मध्यकालीन युगमा थियो ज्ञान र सूचनाका दृष्टिले । द्वितीय विश्वयुद्ध चल्यो, भारतबाट अङ्ग्रेज गयो, नेपालले पनि राणा तानाशाहीबाट मुक्ति पायो । मुक्तिको मूलकारण नै भारतबाट अङ्ग्रेजको प्रस्थान थियो । त्यो प्रस्थान नेपालीहरूको मन्द गति लिएको जागृतिको प्रस्थानबिन्दु थियो । राणाशासनको अन्त्यसँगै नेपालीहरूको सुसूचित र सुशिक्षित हुने अधिकारमा वृद्धि हुन थाल्यो । साथै बाहृय जगतसित, त्यहाँका गतिविधिहरूसित साक्षात्कार हुने उत्कण्ठा पनि बढ्दै गयो । तथापि नारी वर्गलाई जागृत हुन -हाम्रा सीमाहरूभित्र) निकै ढिलो भयो । यो विस्मय बिनाको सपाट तथ्य हो । महिला वर्ग ग्रहणशीलतामा किन सुस्त देखियो भन्ने सत्य कथा उच्च प्राथमिक कक्षामा पढ्ने केटाकेटीहरू पनि भन्न सक्छन् ।

नेपाली महिलाहरू वर्तमान कालखण्डमा असाधारण जागरण चेतना लिएर स्वाधिकारका लागि शिष्ट-उग्र, शीतल-उष्ण मञ्चर्-गर्जन गरिरहेका छन् । नारी सहभागिता, नारी-सशक्तीकरण, नारी-आरक्षण आदि अर्थगर्भित पदावलीहरू गुञ्जित भइरहेका छन् । शिक्षित नारीहरूमा नारीवादी, अनारीवादी र तटस्थ को को हुन् भनेर छुट्याउन त्यति सजिलो छैन । अहिलेसम्म पुरुष जातिले नारीजात्रि्रति देखाएको कठोरता र हृदयहीनताबारे क्रमशः सजग हुँदै नारीहरू आफ्नो स्थान -स्पेश) उत्साहपर्ूवक माग गरिरहेका देखिन्छन्, सुनिन्छन्् । त्यस्तो खोजीलाई हीनग्रन्थीग्रस्त रुग्ण मानसिकता नभनेर स्वस्थ, विधायक आत्म-प्रक्षेपण भन्नर्ुपर्छ । अथवा आफ्नै सम्भाव्यताको तलास । खुशीको कुरा के छ भने अल्पशिक्षित नारीहरू पनि आफ्नो अधिकार-क्षेत्रबारे सजग, सचेत हुँदै गइरहेका छन् । स्वाधिकार सचेतता पनि सङ्क्रामक हुँदै गइरहेछ, विस्तारै नेपालका अविकसित कुनाहरूसम्म । नारी आफ्नै स्वभाव, पुरुष आफ्नै स्वभावभित्र विकसित, सशक्त र उन्नत हुन सके भने त्यो आफैंमा एक सुन्दर, वन्दनीय उपलव्धि हुनेछ । यदि पुरुष स्त्रीको निर्सग खोज्छ; स्त्री पुरुषको खस्रो, उद्दण्ड नियति र स्वभावमा रुपान्तरित हुन चाहन्छे भने दुर्भाग्यपूर्ण्ा विकृतिको अवतरण हुन्छ । नेपाली नारीहरूको गतिशीलताले एक शुभसन्देश दिइरहेको छ । उदार चित्त र कल्पनाको सम्बल लिएर हाम्रो देशका नारीहरू हिँड्दै गए भने नेपालको भविष्य सुन्दर हुनेछ भन्ने सम्भावनाबारे म सुनिश्चित छु । त्यसैले उपनिषद्-वाणी पुनरुक्त गर्न चाहन्छुः चरैवति, चरैवति- सिर्जनात्मक सङ्र्घष्ा गर्दै अगाडि बढ्दै जाऊ । जीवनको अर्को नाम नै संघर्ष हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *