Skip to content

परेलीमा झर्‍यौ किन


मुटुभित्र बास मागी, अन्तै बसाइ सर्यौ किन
टिलपिलाई आखाँबाट, परेलीमा झर्यौ किन

दुइटा मुटु एउटै हुन्छ, भन्थ्यौ तिमी पिरतीमा
प्रेमको नाटक रची, बिस्वासघात गर्यौ किन

सँग सँगै तर्नु पर्छ, भन्थ्यौ तिमी जँघारहरू
भँगालोमा डुबाएर, एक्लै नदी तर्यौ किन

तिमी बिना बाँच्दिन, भन्थ्यौ तिमी एक पल
जिउनु रैछ अर्कैसँग, मेरो बैस हर्यौ किन

घुम्तो ओढी आउछु भन्थ्यौ, तिमी मेरो आँगनमा
यता डोली सजाए म, उता सिउदो भर्यौ किन

Leave a Reply

Your email address will not be published. Required fields are marked *