Skip to content

यसपालीको तिहार

SanuPandey-02


यसपालीको तिहारमा त, आउँला भन्थ्यौ दाजु
तिमीसँग भाइटीका लगाउँला भन्थ्यौ दाजु

वर्ष दिनमा आउने चाड रमाईलो गर्नु पर्छ
साथीसंगी मिली देउसी गाउँला भन्थ्यौ दाजु

पोहोर साल आएनौ रुँदै बित्यो तिहार पनि
अहिले आई बहिनीको मन हसाउँला भन्थ्यौ दाजु

रोइरा‘छ लिङ्गे पिङ नि तिम्रै बाटो हेरी-हेरी
दुवै मिली लिङ्गे पिङ मच्चाउँला भन्थ्यौ दाजु

मखमली र टीका लिई तिम्लाई पर्खी बसेकी छु
तिम्रै हातले सेलरोटी र फिनी खाउँला भन्थ्यौ दाजु

आसै आसमा बित्ने हो कि असमको तिहार पनि
मैले गाउँछु बहिनी तिम्लाई नचाउँला भन्थ्यौ दाजु

सानु पाण्डेय

1 thought on “यसपालीको तिहार”

  1. ठिस बुढा

    यसपालीको तिहार – Sanu Pandey
    नमस्कार !

    राम्रो छ, उत्तरोत्तर प्रगतिको कामना !
    धन्येबाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *