Skip to content


शरदको भाइटीकामा आउछु भन्थ्यौ
निम्ताको पत्र लेख्दैछु आज
दाजुभाइ सबै मुग्लानी तर
सयपत्री फूलमै देख्दैछु आज

सुकेर त्यसै जादैन दुबो
तेल घसी त्यो वाल सेक्दैछु आज
कस्ले पो ढाल्न सक्छ र माइती!
रेखीले यमराज छेक्दैछु आज

हतार छ मलाई पहिर्याउन माला
रोशनी पुर्व उठ्दैछु आज
भविष्य माइतीकै उज्ज्वल कोर्न
पवित्र जलले चुठ्दैछु आज

हरियो गोबरले लिपेको आगन
मिर्मिरे बिहानमा टेक्दैछु आज
अनौठो ससारमा सम्झेर माइती
खुशीले दु:ख थेग्दैछु आज

शरदको भाइटीकामा आउछु भन्थ्यौ
निम्ताको पत्र लेख्दैछु आज
दाजु भाइ सबै मुग्लानी तर
सयपत्री फूलमै देख्दैछु आज

बुद्धि मोक्तान

1 thought on “शरदको भाइटीकामा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *