Skip to content

छातीभित्र धड्कन मिठो उनकै राखेको छु


छातीभित्र धड्कन मिठो उनकै राखेको छु
यो मुटुको चोखो प्रेम उनलाई साँचेको छु

     अंगेनाको आगो मिठो पुष माघ महिनाभरि
     माया प्रेम मै बाच्न पाए हुन्थ्यो जीवनभरि

गुँरासको थुंगा टिपी उनले सिउरी दिँदा
ढकमक्क पाखा फूल्छ मुस्कान मिठो हुँदा

     बसन्त त के नै हो र हरियाली छाएको छ
     अंगालोमा आइदिँदा मनले गीत गाएको छ

आफैँलाई छामी हेर्दा आफैँ हरे सकेको छु
नातैरिने आँखाभित्र उनकै पसेको छु

     यति खुसी यस्तो रंग जीवनभरि पाएको छु
     हातेमालो कर्म मिठो सानो गुँड लाएको छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *