Skip to content


राम्रोमा राम्रो कुनै छ भने नेपालै राम्रो छ
धन्य हौं हामी यत्तिको राम्रो नेपालै हाम्रो छ ।

अग्लोमा अग्लो यहीं छ हाम्रो हिउँको पहाड
बेग्लैको मेला बेग्लैको पर्व बेग्लैको चहाड
मर्दैनौं हामी नमर्ने कला संस्कृति हाम्रो छ ।

भिन्नै भए नि के भो र बाटो भिन्नै होस् जपना
तिम्रो र हाम्रो सबैको तर यौटै होस् सपना
मर्दैन देश नझुक्ने जहाँ साहसै हाम्रो छ ।

यो मुख खोल्दा सबैले सुनून् नेपाल बोलेको
सबैले देखून् नेपालले नै हृदय खोलेको
संसारबासी सबैले भनून् नेपालै राम्रो छ ।

यो पाउ जहाँ टेकिन्छ त्यहाँ नेपाल फुल्नेछ
यो श्वासपिच्छे सुगन्ध भई नेपाल डुल्नेछ
हामीलाई आफ्नो यो ज्यानभन्दा नेपालै प्यारो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *