Skip to content

विश्वमा पाठ पढायौ चरिमाया

  • by
20111024_BinaTamang_Charimaya


विश्वमा पाठ पढायौ चरिमाया
देशको शान बढायौ चरिमाया

हार्न कहिल्यै तिमीले जानिनौ नि
दुश्मन सारा लडायौ चरिमाया

साहसी नारी बनाई आफूलाई
हिमशिखर चढायौ चरिमाया

नारी अस्मिता हर्ने दानवलाई
झ्यालखानामा सडायौ चरिमाया

साहस गरे सफल हुने कुरा
नेपालीमन्मा गडायौ चरिमाया

बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *