Skip to content

देउसी खेल्दै


सयपत्री र मखमली ढकमक्क फुल्न थाले
साथिभाइ देउसी खेल्दै घर आंगनमा डुल्न थाले

दाजुभाइ नाच्दै छन् दिदीबहिनी गांउदै
मादलको ताल संगै स्वरहरु खुल्न थाले
साथिभाइ देउसी खेल्दै घर आंगनमा डुल्न थाले

तिहारको आगमनले सिंगारियो सारा गांउघर
लेक बेंसिका फांटहरुमा धानका बाला झुल्न थाले
साथिभाइ देउसी खेल्दै घर आंगनमा डुल्न थाले

कतै पाके सेलरोटी कतै अनारसा
ताप्के र कराइभरि घ्युका डल्ला घुल्न थाले
साथिभाइ देउसी खेल्दै घर आंगनमा डुल्न थाले

कोहि कौडा खेल्दै छन् कोहि भने पासा
गांउका बुढा पाकाहरु जुवातासमा भुल्न थाले
साथिभाइ देउसी खेल्दै घर आंगनमा डुल्न थाले

झिलिमिली बत्ति हेर्दै दङ्ग छन् सबैजना
भैलीले घर-घर बाट धान चामल बटुल्न थाले
साथिभाइ देउसी खेल्दै घर आंगनमा डुल्न थाले

Leave a Reply

Your email address will not be published. Required fields are marked *