Skip to content

सयपत्री, मखमली गाँस्दैछु म भाइलाई भनी


सयपत्री, मखमली गाँस्दैछु म भाइलाई भनी
रुमालमा आशिष् टिको साँच्दैछु म भाइलाई भनी ।

सम्झना र कल्पनामै बित्ने भयो भाइटिका हरे
यम्दुत् तर्ने फलामे पुल् भाँच्दैछु म भाइलाई भनी ।

भैलेनी त खेलुँ कहाँ ? परदेशको आँगनिमा दाजै
मन् बेखुशी भए पनि नाँच्दैछु म भाइलाई भनी ।

शुन्य भयो, होला मेरो, माइतीघर, दाजुभाइको मन
दु:ख पीडा मनभित्र नै नाँस्दैछु म भाइलाई भनी ।

कस्तो साईत् जुरिदियो तिहारमा बिछोड् हुने आज
बाटो छेक्ने काँढाहरू माँस्दैछु म भाइलाई भनी ।

रचना – अक्टोबर/ २५/ २०११

1 thought on “सयपत्री, मखमली गाँस्दैछु म भाइलाई भनी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *