सधैँ हेर्ने आकाशको जूनै नभए ‘सि
अब कसको आश भयो र उनै नभए ‘सि
एक्लो भयो जीवन मेरो, कसको लागि बाँचु म
बाबु, आमा, श्रीमती कुनै नभए ‘सि
रिसाएर गयौ टाढा, फर्काउन आउँदिन म
किन बस्थ्यौ पाखेसँग सुनै नभए ‘सि
दुख पर्थ्यो तिमीलाई हास्ने बोल्ने बानी मेरो
कहाँबाट देखाउँ आँशु रुनै नभए ‘सि
कसको आश गर्नु र धोका दियो दुनिँयाले
सुर न ताल भो जीवन धुनै नभए ‘सि
wawa very nice like it…
wawa very nice like it…