मेरो माया भन्दा ठूलो जात केही हैन हजुर
मन मिल्यो भने जुनै बात केही हैन हजुर
नून दिन्छु सुन दिन्छु तिम्रो लागि सारा जोवन
ज्यान दिन राजी भा’छु हात केही हैन हजुर
साँच्चै चोखो तिम्रो मिठो माया दिने भए मलाई
जुनी-जुनी पर्खी बस्छु रात केही हैन हजुर
तिनै ओठ बाट जब छुट्छ जसै मृदु मुस्कान
अरु कुनै सोम रसे मात केही हैन हजुर
दोस्रो अरु कुनै छैन दिल मेरो बह- लाउने
सिङ्गो फूल भेटे पछि पात केही हैन हजुर
बिराटनगर – ४ , नेपाल