Skip to content

पराईको के काम भो


आफ्नैले त बिर्सी दिए पराईको के काम भो
तिमीले न जित्यौ मेरो हराईको के काम भो

तिम्रै लागि आगोमाथि जल्दा-जल्दै थोत्रिएँ म
आज हेर चुहिने यो कराईको के काम भो

भिरपट्टी नजाऊ है लड्न सक्छ भने कति
नटेरेरै लड्यौ मेरो डराईको के काम भो

कुबुद्धिको घैंटोभित्र घाम लाग्दै लागेन खै
बुद्धिले त्यो घैंटो फेरि भराईको के काम भो

नजिक म पुग्छु जब तिमी झनै टाढा जान्छौ
टाढै जाने भए त्यता सराईको के काम भो

दलबीर सिंह बराइली ‘घायल’
गुप्तेश्वर-३, रामेछाप
हाल:अबुधाबी, युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *