हुस्सुले गमल्यांग अंगालो हालेर
छोपेको यो शहरमा न्यानो खोज्न
शहर छिरेकाहरु मुटु छाम्दै छन्
तातो गर्मिलो घामको खोजीमा
एका बिहानै भौतारिदै गर्दा चिसो शहर
तातो चियामा सपना बेच्ने गर्छ
कतै टाढा कसैले सुटुक्क भन्ने गर्छ
यो हुनेहरुको शहर हो
कठैबर ,यसपाली दशैं तिहार भानिएन
रुपयाको अभावमा घर गइएन
नयाँनेपाल हुने आश आखाभरी पालेर
काम खोज्दै भोतारिदै चिसो डेरा फर्केर
उही ज्यान लखतरान लम्म्पसार
कति आश बाच्ने हो
सडक बेरोजगार हरुले ठेलमठेल छ
एकाबिहानै विदेश जानेहरुको लामो लस्कर
राहदानी अड्डामा निधार खुम्चाएर पर्खदो छ
अब त यो शहर अरुकै अंसमा परेझै भो
सडक बिच को कालो शालिक झैँ
म किनारमा उभिएर सगरमाथाको गीत
निर्धक्क गाइ रहेछु
र म हुनु को पिडामा आफै संग
अंस बन्डा मा आफनै भाग खोजिरहेछु
कतै मेरोपनि देश छ र त म छु
चिसो लागेको शहर रुघा ग्रस्त छ
म सिंगान झैँ फालिन सक्छु
सन्त्रस्त वर्तमान आखा भरि बोकेर
सिरेटोले छोपेको शहर संग
आफ्नै यात्राको गन्तब्य सोधिरहेछु