Skip to content

उपेक्षित स्रष्टा कुमार ज्ञवाली

  • by


लेख्नेहरू लेखिरहेका छन् तर कुमार ज्ञवालीको बारेमा कतै केही लेखिएन, टेलिभिजन, रेडियो, एफ. एम.बाट समाचार प्रवाह भइरहेका छन् तर कुमार ज्ञवालीबारे कतै केही सुनिएन । छापामाध्यमले पनि कुमार ज्ञवालीबारे एक शब्द खर्चेको छैन, समवेदना छापिएर पत्र-पत्रिका प्रायः भरिभराउ हुन्छन् तर कुमार ज्ञवालीप्रति श्रद्धाञ्जलि दिने औपचारिकता समेत कसैले देखाएन । न नेता, न अभिनेता, न कुनै राजनीतिसँग गाँसिएको मान्छे । न चाकडी गर्न जान्ने त्यसैले एक सक्रिय व्यक्तित्व, सफल साहित्यकारको निधन पनि समाचार बन्न सकेन, न कसैले उहाँको बारेमा कलम नै चलाए । मुलुकको एउटा प्रतिष्ठित साहित्यकार सरकारको सचिव भइसकेको व्यक्तित्व, राजदूत भएर देशको प्रतिनिधित्व गरिसकेको मान्छेको यति टीठलाग्दो उपेक्षा उदाहरणीय उपेक्षा नै होला । राम्रो लेखे यसै मूल्याङ्कन हुन्छ भनेर चित्त बुझाउने ठाउँ पनि रहेन अब ।

मर्नेहरू सबै उल्लेख्य हुँदैनन् न त बाँच्नेहरू नै । बाँच्नका लागि मात्र बाँचिरहनेहरूको सङ्ख्या गनि साध्य छैन । बाँचुञ्जेल केही गर्नुपर्छ भन्दै बाँच्नेहरू मरेर गए पनि बाँच्छन्- मान्छेको मन मस्तिष्कमा समय अब पहिले जस्तो छैन, लेख नलेख कोही कसैसँग टाँसिएकाहरू चर्चाको शिखरमा पुर्‍याउने गरिन्छ, नटाँसिनेहरू उपेक्षित भएर पन्छाइन्छन् जस्तै कुमार ज्ञवाली हुनुभयो । मान्छेको मृत्युमा समेत ‘दृष्टिकोण’ बन्न थालेपछि अब मृत्यु मृत्युमै सीमित बन्न पुग्यो । भाषा-साहित्यको क्षेत्रमा ५० वर्ष बिताउनु भएका ज्ञवालीप्रतिको यो उपेक्षालाई उपेक्षा मात्र भन्न मिल्दैन, एउटा स्रष्टामाथि मुलुकले गरेको अन्याय भन्नैपर्छ ।

“दयनीय छ नेपाली साहित्य तथा नेपालका कविहरूको अवस्था केही वर्ष अघि एकजना पूर्वी यूरोपेली लेखकले नोबेल पुरस्कार पाउँदा अमेरिकी समाचारपत्र ‘न्यूयोर्क टाइम्स’ ले लेखेको थियो- अब फोहोर ˆयाँक्ने ढ्वाङ्गको किनारामा किताब बिक्री हुने नेपाली कविले पनि नोबेल पुरस्कार पाउन के बेर Û हाम्रा छिमेकी साहित्यहरू समुद्रपार पुगिसकेका छन् । हामी भने हाम्रा छिमेकीहरूलाई नै नेपाली लुगा लगाइदिएर तथा यदाकदा नाङ्गै भित्र्याउँछौँ । आत्मसम्मान भएको साहित्य र समाजका लागि यो अत्यन्त लाजको कुरा हो । समाजको आस्थाहरू, मूल्यहरू तथा सामूहिक आदर्शको रक्षा तोप बन्दुकले होइन साहित्यले गर्दछ ।

नेपाली साहित्यप्रति अत्यन्त माया गर्ने कुमार ज्ञवालीको सिर्जना र सक्रियता नै उहाँको पहिचान बनेको छ । ५० वर्षे साहित्य यात्रा, जीवनको ७० वर्षको उमेरसम्म आइपुग्दा उहाँले नेपाली भाषा र साहित्यमा आठवटा कृति छाडेर जानुभयो ।

सन् १९३९ को नोभेम्बर ३ मा काठमाडौँको मखनटोलमा जन्मिनुभएका कुमार ज्ञवाली मूलतः नेपाली साहित्यमा कथाकारका रूपमा स्थापित हुनुभयो । कथा, उपन्यास, निबन्ध, संस्मरण र बालसाहित्यका क्षेत्रमा सक्रिय ज्ञवालीको पहिलो कथा २०१६ सालमा प्रकाशित भयो- ‘अनुत्तर दायित्व’ । भत्केको गुँड -२०४२), छरिएका कथाहरू -२०४४), बन्दीजीवन -२०४८) कथा सङ्ग्रह, एक्लो बालक -२०४४), बालकथा सङ्ग्रह, प्रलय हुनुअघि -२०४१), वेदको नयाँ संसार, अतीतको अवसान -उपन्यास), देश-परदेश -निबन्ध सङ्ग्रह) र २०५८ मा प्रकाशित संस्मरणको कृति ‘विश्व मायाजालको सम्झना’ स्रष्टा कुमार ज्ञवालीका प्रकाशित कृति हुन् । २०४२ सालमा मैनाली कथा पुरस्कार, २०४४ सालमा ‘एक्लो बालक’का बालसाहित्य पुरस्कार पाउने कुमार ज्ञवाली भन्नासाथ धेरैले कथाकार कुमार ज्ञवाली भनिहाल्छन् । कथा लेखनबारे उहाँ भन्नुहुन्छ – “यथाशक्य लेखन कलाको मर्यादा रक्षण गर्दै सीमित परिधिभित्र रहेर आˆनो अनुभूति सफलतापूर्वक व्यक्त गर्न सक्नुमा नै कथाकारको परीक्षण हुन्छ । अदृश्य पाठकको प्रतिक्रियाको महìव हुँदैन । अभिव्यक्तिको पूर्ण सन्तोषको अभावले नै बारम्बार लेख्न विवश गराउँछ ।” -प्रतिनिधि नेपाली कथा र टिप्पणी, सं. राजेन्द्र पराजुली, २०५३)

२०६५ सालको भदौ १४ गते काठमाडौँ उपचारको क्रममा कुमार ज्ञवालीको निधन भएको पनि दुई महिना पुग्न लागिसक्यो । एउटा स्रष्टाको निधनबारे पनि कसैलाई अत्तोपत्तो नहुनु, समवेदनाका दुई शब्द कतै देखा नपर्नु साह्रै बिझ्ने कुरा हो । काठमाडौँको नारायण चौरस्थित उहाँका स्मृति साँचेर बसिरहनुभएको विजया ज्ञवाली उहाँप्रतिको उपेक्षालाई उहाँकै -कुमार ज्ञवाली) इच्छा हो कि मान्छेको इच्छा हो भन्दै उपेक्षा गर्नेहरूप्रति केही गर्न नसकिने बताउनुहुन्छ । लाग्छ अझै पनि उहाँका कतिपय पाठक, साथीभाइ, इष्टमित्र, शुभेच्छालाई कुमार ज्ञवालीको निधनबारे पत्तो छैन । योगदान र । सिर्जना, साधना र समर्पण हुँदाहुँदै पनि मृत्युको समेत पत्तो नदिने कुमार ज्ञवालीलाई दोषी ठान्ने कि, हामी आफँैलाई दोषी मान्ने ? जे भए पनि नेपाली साहित्यका एउटा स्थापित साहित्यकारको निधन र त्यसपछिका उपेक्षा एउटा स्रष्टामाथिको अन्याय नै हो । कसैलाई पत्तो समेत नदिई जाने कुमार ज्ञवाली र एउटा स्रष्टा बितेको समेत पत्तो भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *