Skip to content


उसले आँपको रुखमुनि बसेर आफ्नो बुवा आमा र छिमेकी प्रसादलाई एकसाथ सम्झ्यो । बाबुलाई बजार, खेत, दाउरा जाँदा आमासितै भेट्यो । आमालाई पनि पानी लिन जाँदा, पात टिप्न जाँदा, अस्पातल जाँदा बाबुसितै पायो । प्रसादलाई कचहरी जाँदा, तिरो तिर्न जाँदा प्रसादकी जहानसितै पायो ।

उसले आफ्नो उमेर सम्झ्यो कसो कसो तीन दसक काट्न लागेछ । उसलाई गर्मी नभए पनि पसिना आए झै भयो । अनि उसले हतार हतार दुई वटा चुरोट छिनभरमै सिध्यायो ।

प्रसादकी छोरी प्रतिमा बाह्र कक्षामा पढ्थी । अहिले यतैबाट आउँदै थिई । उसको मनस्थितिलाई प्रहार गर्दै प्रतिमाले आँपको सयलमा उभिएर भनी, “के सोचिरहनु भएको रमेश दाइ ?”

प्रमिलाको आवाजबाट ऊ झस्कियो । उसलाई भन्न त मन लागेको थियो । प्रमिला कहिले तिमी र म मेरा र तिम्रा बाबु आमा झै जहाँ पनि सँगै जाने, एकसाथ सँग-सँगै रमाउने । तर उसको मुखबाट बस यत्तिकै प्रमिला मात्र निक्लन सक्यो ।

प्रमिला उसलाई मन पर्थी । तर उसले कसरी आफ्नो मनको कुरा राख्ने मेसो पाएको थिएन ।

प्रमिलालाई पनि रमेश औधी मन पर्थ्यो । उसको चौडा छात्ती, बलिष्ट पाखुरादेखि भुतुक्क हुन्थी प्रमिला । अहिले पनि उसले रमेशलाई सरर हेरी । उसको साङ्ठनिक शरीर राम्ररी नियाली । अनि उसले सोची, “कत्रो भाउ खानु परेको होला, हेर न केटी जस्तो लज्जालु भएको यो रमेश! मलाई मनको कुरा भने त भई हाल्यो नि!”

रमेशले पनि आज चाहिँ मनको कुरा नभनी नछोड्ने निश्चय लियो । तर प्रमिला त अघि नै हिँडिसकेकी रहिछे । रमेशले फेरि अर्को सर्को चुरोट निकालेर तान्न थाल्यो । धुँवासितै उसका रहरहरू पनि उड्न था ले ।

अस्तु:

वास्तविक नाम : भानुभक्त दुलाल
साहित्यिक नाम: बिबेक दुलाल छेत्री “दमक”
दमक, झापा, नेपाल
हाल: अबुधाबी, यु ए ई

Leave a Reply

Your email address will not be published. Required fields are marked *