Skip to content


पोखराबाट खोज पत्रकारतिाको तालिम लिएर फर्किरहेका बाग्लुङका पत्रकार श्यामकृष्ण बोहरा कुश्मा बजारमै ओर्लिए। पोखराबाट सोझै बाग्लुङ जान नै माइक्रोबस समातेका थिए। कारण अरू केही होइन, नेपालको सबैभन्दा अग्लो पुल भनी चिनाइने गरिएको झोलुङ्गे पुल पनि हेर्दै जाऊँ भनेर। कालीगण्डकीमाथि रहेको झोलुङ्गे पुलमा हिडिरहँदा पनि श्यामकृष्णलाई तालिम सकिने बेलामा प्रशिक्षकले दिएको चुनौतीले सताइराखेको थियो।

तालिम सकिने बेलामा प्रशिक्षकहरूले सहभागी सबैलाई चुनौती नै दिएका थिए। प्रशिक्षकले भनेका थिए, “अचेल पत्रकारहरू तालिममा आउन भनसुन गराउँछन् तर तालिममा आएपछि साथीभाइसँग रमाइलो गर्नमै समय खेर फाल्छन्। तालिमप्रति उत्सुकता नै भेटिँदैन। कक्षाकोठामा घरी मोबाइलमा एसएमएस गर्ने, घरी कोठाबाहिर फोन गर्न निस्िकने, ल्यापटपमा च्याट गर्नेहरू बाक्लै भेटिन्छन्। लाग्छ, सहभागीहरू प्रशिक्षकमाथि नै कृपा गरिरखेका हुन्। कोही कोही यस्ता पनि हुन्छन्, आफ्नो कार्यक्ष्ाेत्रमा नर्फकुन्जेलसम्म एकदम स्फूर्ति महसुस गर्छन् तर फर्किएपछि फेरि पुरानै दिनचर्यामा रम्न थाल्छन्। विरलै यस्ता हुन्छन्, जो तालिम लिएर फर्किएपछि आफ्नो काम गर्ने शैलीमा फरकपन देखाउँछन् र अरू साथीहरूका लागि ईर्ष्याका पात्र बन्छन्। प्रशिक्षकहरू पनि अहिले भइरहेका तालिमहरूलाई कर्मकाण्ड नै ठान्छन्। बरु एक दशक पहिलाका पत्रकारहरूले तालिम लिएर राम्रा गरेका छन्। अहिले त तालिममा आउनेहरू, आफूलाई यति प्रशिक्षण भ्याइसकेको भनेर फूर्ति गर्छन् तर अभ्यास गराउँदा केही पनि देखिँदैन। मूल कुरो अहिलेका धेरै पत्रकारहरू पढ्ने र लेख्ने काम नगरेर मुख मात्र चलाएर पत्रकार बन्न चाहन्छन्। त्यसैले तपाईं सहभागीहरूलाई राम्रो गरेर देखाउने हाँक र अवसर दुइटै छ।”

श्यामकृष्ण पछिल्ला पाँच वर्षदेखि एउटा दैनिक पत्रिकामा कार्यकारी सम्पादक छन्। उसो त पत्रिकामा आउनुभन्दा पहिले त्यही अखबार बजारमा घुमीघुमी बेच्ने काम पनि गरे। भन्नेहरू भन्छन्, बाग्लुङमा स्थानीय पत्रिकाहरू पढ्ने बानी विकास गराउनमा उनकै घरदैलो बिक्री अभियानले काम गरेको हो। अचेल धेरै जिल्लातिर सकारै काठमाडौँका पत्रिका पुग्दा रहेछन्। त्यसैले जिल्लातिरबाट प्रकाशित अखबारहरू त्यति पढिँदैन। यसको दुइटा कारण बताइन्छ, एउटा स्थानीय अखबारहरूको व्यवस्थित बजार प्रबन्ध छैन, अर्को इन्टरनेटबाट डाउनलोड गरिएका बासी सामग्रीहरूले पाना भरिएका हुन्छन्। तर, श्यामकृष्ण पत्रिका बेच्ने काममा यति रमाए कि आफू पनि यस पेसामै भित्रिहाले। उसो त बाग्लुङमै उनीभन्दा अनुभवी पत्रकारहरू पनि छन् तर अलिकति लेख्ने सीप सिकाउनुभन्दा पनि छोटो बाटोबाट कमाउने सीप नै सिकाउनमा धेरैको ध्याउन्न छ।

त्यसैले यताउताबाट भनसुन गराएर ऊ तालिम लिन पुगेको थियो।

“सर म गरेर देखाउछु नि !” फर्किने बेला श्यामकृष्णले वरिष्ठ प्रशिक्षकलाई भनेका थिए। एक महिनाको पोखरेली बसाइबाट घर फर्किन लाग्दा पनि उसलाई अब कसरी राम्रो गर्ने भन्ने कुराले नै बढी सताइरहेको थियो। जिल्लामा इमानदारीपूर्वक पेसालाई कसरी अघि बढाउने, खोज रपिोर्टिङ्का लागि दामी इस्यु कसरी फेला पार्ने प्रश्नहरूबाट ऊ घेरिएको थियो। ऊ सहभागी अरू पत्रकार साथीभन्दा पहिला हुन चाहन्थ्यो।

१ सय ३७ मिटर उचाइमा रहेको त्यो लामो झोलुङ्गे पुलमाथि ऊ दुईपटक ओहरदोहर गर्यो। फर्किएर पारपिट्टकिो चिया-चौतारीमा बस्यो। त्यहाँ पहिलेदेखि नै केही जोडीहरू बसिरहेका थिए, सबै आ-आफ्नै शूरमा गफिँदै थिए।

“प्रत्येक कुरालाई फरक तरकिाले सोच्नु, स-साना कुराहरूभित्र पनि सन्दर्भ खोज्नू,” प्रशिक्षकले तालिममा भनेको श्यामकृष्णले सम्झियो। आफैँभित्रको चिन्तन भंग गर्दै उसले छेउछाउका गफतिर कान थाप्यो। उसकै सामुने बसेका दुई जोडीतिर उसको नजर सोझियो। एक जना अलि कालो-कालो, ठीक-ठीकैको जुँगा भएको मधेसी युवक र अर्की बाग्लुङे पहिरन र लवजकी गहुँगोरी युवती आपसमा गफिँदै थिए। कुराकानीले उनीहरू दम्पती भएको झल्किन्थ्यो। श्यामकृष्णको मनमा प्रश्न तेर्सियो, यी दुई विपरीत भूगोलका बासिन्दाका बीच सम्बन्ध कसरी जोडिएको होला? यिनीहरू यता के गर्दा रहेछन्?

परचिय दिँदा उनीहरू कुरा गर्नबाट तर्किएर हिँड्न सक्छन् होला वा बढी कुरै गर्न नचाहलान्? बिनाविश्वास आफ्ना निजी कुरा नखोतल्न पनि सक्छन्। ऊ सम्झँदै गयो, प्रशिक्षकले भनेको थियो, “जसरी एउटा पुरुष स्त्रीरोग विशेषज्ञ भएपछि उसकहाँ महिलाहरू पनि आफ्ना समस्या खुलस्त राख्छन्, त्यो भनेको डाक्टरमाथि रोगीको भरोसा हो। त्यस्तै पत्रकारले पनि सम्बन्धित पक्षलाई विश्वास दिलाउन सक्नुपर्छ अनि मात्र कोही आफ्ना कुरा खोल्न सक्छन्।” यी अर्तिहरूको गुजुल्टाभित्र गुजुल्टिँदागुजिल्टिँदै त्यो जोडी कतिबेला हिँडिसकेछ उसले भेउ नै पाएन।

कालिका मन्दिर क्षेत्र श्यामकृष्णको बाग्लुङ बस्दाको नियमित प्रातः भ्रमण गर्ने थलो हो। राती जति ढिलो काम गरे पनि प्रायः ऊ बिहान हिँड्न निस्केकै हुन्छ। एउटा पत्रकारका लागि प्रातः भ्रमण शारीरकि खुराक मात्र होइन, स्रोतको पनि जोहो हो। यो कुरा उसले आफ्नै अनुभवबाट सिकेको छ। एक महिनापछि आफ्नो दैनिकीलाई नियमित गर्न पुग्दा, चिन्ने सबैले हालखबर सोध्दै थिए। कोही भन्दै थिए, “कहाँ बेपत्ता पत्रकार महोदय?”

सहिद पार्कको निर्माण पूरा नभए पनि नवागन्तुक वा प्रातः भ्रमण गर्नेहरू मन्दिरबाट फर्किंदा यता पनि आइपुग्छन्। नयाँ पुस्ताका जोडीहरू पनि आक्कलझुक्कल यहाँ भेटिन्छन्। अँ एउटा संयोगको कुरा, कालिका मन्दिरमा फेरि हिजोको त्यस जोडीसँग जम्काभेट भयो। उसले तिनीहरू यसरी भेटिएलान् भनेर चिताएकै थिएन। श्यामकृष्णले भन्यो, “तपाईंहरूको बसोबास पनि यतै हो?”

“हो नि !” युवकले भन्यो। गफिँदै उनीहरू सहिद पार्कमा आइपुगे। यहाँबाट बाग्लुङको भीर छरपस्ट देखिन्छ। पार्कको डिलमा बसेर भीर हेर्न सकिन्छ। युवकले भन्यो, “जीवन भनेको भीर-पहराजस्तै न हो, हेर्दा सुन्दर पनि र डरलाग्दो पनि !”

कुराकानीकै क्रममा थाहा पाइयो, युवकको नाम महादेव यादव र युवतीको नाम पार्वती केसी। महादेव धनुषाका बासिन्दा र पार्वती म्याग्दीकी। यी महादेव र पार्वतीको मिलनले आधुनिक नेपालको एउटा छुट्टै प्रेमकथा बोकेको छ। जो नितान्त मौलिक छ। यो न कृत्रिम रूपमा निर्माण गरिएको सरोवर हो, न त कुनै झरना नै। पहाड र मधेसको स्वाभाविक मिलन हो। पहाडले मधेसलाई सिञ्चित गरेकी छन् भने मधेसले पहाडलाई टेवा दिएको छ। एकअर्काका पूरकका रूपमा देखापरेका यी जोडीका आफ्नै व्यथाकथाहरू रहेका छन्। तर पनि यिनले एकअर्कालाई चिरकालका लागि साथ दिने संकल्प लिएका छन्। यिनीहरू भन्छन् पनि, जीवन भनेको समस्याको नाक ठोकिने भीर हो। यसलाई हटेर होइन, डटेर सामना गर्न सके मात्र जीवन सफल हुन्छ।

“नियतिसँग लड्न सक्ने सामर्थ्य मानिससँग कहाँ हुँदो रहेछ र? तर, दुई पीडित मिलिदिँदा पीडासँग सजिलै जुझ्न सकिँदो रहेछ। अस्तव्यस्त, जटिल, उदास, मौन, संकटग्रस्त, थकित र प्रतिकूल परििस्थतिलाई पनि सहज बनाउन सकिन्छ,” पार्वतीले भनी।

लाग्यो, यी आधुनिक पार्वती, महादेवको सामान्य आदर्श लाग्दो अभिव्यक्तिमा कति ठूलो आघात र मर्म तैरिरहेछ। सोच्यो, के भनेर सम्झाऊँ यिनीहरूलाई? उनीहरूको एकालाप सुन्नुबाहेक अरू गर्न नै के सक्थ्यो र?

रेमिट्यान्सले कति ठूलो छल गर्यो यी दुई परविारमाथि। पार्वती र महादेव दुई अलग भूगोलमा कालीगण्डकी र कमलाजस्तै सुसाइरहेका थिए। महादेव जनकपुर क्याम्पसबाट बीए उत्तीर्ण हो। अंग्रेजी ठीकै थियो, त्यसैले उसले एउटा बोर्डिङ्मा जागिर पनि पायो तर त्यहाँ गतिलो कमाइ थिएन। उता गाउँमा प्रायः सबै मलेसिया र कुवेततिर हान्निएका थिए। निकै कमहरू मात्र भारतका विभिन्न सहरमा जान्थे। महादेवभन्दा कम पढेकाहरू पनि आकर्षक रकम पठाइरहेका थिए। तर, यिनका घरमा यिनलाई जान दिने चाहना त थियो तर घरकै मान्छेले रोकेर राखेका थिए। कारण बिहे गरेर पठाऊँ भन्ने थियो। बिहे गरी दुलही र दाइजो दुवै भित्रियो र यिनी लागे परदेशतिर।

पार्वतीको पनि भारतीय सेनाका एक लाहुरेसँग बिहे भयो। ऊ पनि एसएलसी गरेकी र हुनेखाने घरकै थिई। त्यसैले ऊ पटक-पटक भन्थी, “जुन उर्वर र अब्बल क्षणहरू मैले पहिला देखेकी थिएँ, त्यो अकस्मात् निरासा र आहत बनेर बर्सियो।” भयो के भने बिहे भएपछि पटक-पटक उसका श्रीमान् आउने-जाने क्रम त रही रह्यो। तर, एकपटक आउँदा उनी बिरामी परेर आए। उसो त्यतातिर पनि उपचार नगरिएको होइन तर डाक्टरले घरमै गएर बस्नू भनेर फर्काइदिएको थियो। यो कुरा पनि धेरै पछि खुल्यो, जब पोखरामा गएर उनको रगत परीक्षण गराइयो तबसम्म धेरै ढिलो भइसकेको थियो। उनी बिते तर सारा अवगाल पार्वतीमाथि आइपुग्यो। सासूससुराले ऊमाथि नै शंका गर्न थाले, घरमा बस्ने स्थिति भएन। अनि, ऊ म्याग्दीबाट बाग्लुङ आई। यही अवधिमा छोरी जन्मिई तर धन्य ऊ एचआईभी/नेगेटिभ भई। त्यसैले उसको नाम राखियो, अमर केसी। झट्ट सुन्दा केटाको नाम लाग्छ तर बाँच्ने हुने भएकी हुनाले छरछिमेकले त्यही नाम राखिदिए।

पार्वतीलाई बाग्लुङमा बाँच्न त्यति सहज थिएन। त्यो त त्यहाँको भीर-पहराजस्तै कठिन थियो। तर, यहीबीचमा ऊ एउटा गैरसरकारी संस्थाको सम्पर्कमा पुगी र उसले आफ्नो परचिय खुलाएर त्यस्तै रोगबाट पीडितहरूमाझ परामर्शको काम गर्न तयार भई। श्रीमान्को रोग उसमा पनि सरिसकेको थियो।

उता महादेव चार वर्षपछि फकिर्ंदा उसले छोडेर गएको स्थिति घरमा थिएन। यद्यपि, घटना पहिले नै बितिसकेका थिए तर घरकाहरूले परदेशमा चिन्ता बढ्ला भनेर उसलाई खबर गरी दिएनन्। गौना गरेर ल्याएकी दुलही टोलकै एक नातेदारसँग छिमेकी भारतको मधुवनीतिर सल्किसकेकी थिई। गाउँमा फर्किंदा सबैले उसलाई जिस्क्याउने भए, लोकलाज पनि बढ्यो, गाउँमा बस्ने स्थिति भएन। अब गर्ने के? यही प्रश्नको जवाफ खोज्दै कमलाकिनारका महादेव कालीगण्डकी किनारको बाग्लुङमा आइपुगेका थिए। यहाँ फेरि त्यही पुरानो पढाउने काम सुरु भइसकेको थियो। ट्युसन पनि राम्रो चल्न थाल्यो। यही क्रममा यसको परचिय पार्वतीसँग भएको हो। कालिका मन्दिरमा महादेवले जब पार्वतीलाई अधिकारपूर्ण स्वरमा भनेका थिए, “के म तिम्रो हात जीवनभरलिाई दरलिोसँग समात्न सक्छु?” पार्वतीले महादेवको हत्केलाभरि विश्वास खन्याउन चाहिन् तर पहिला प्रश्न राखिन्, “मेरो शरीरभित्र काल सल्किरहेको छ, मचाहिँ तपाईँको हात दरलिोसँग कसरी समात्न सक्छु र?” महादेवले भने हामीले जीवनका पछिल्ला अध्यायमा पतिपत्नीका बीच हुने शारीरकि सम्बन्धका अनुभव बटुलिसक्यौँ, अबको अध्यायमा त्यसको आवश्यकता नै के छ र?

यसरी पार्वती र महादेवको जोडिन पुगेको मनले धौलागिरि अञ्चलमा नयाँ इतिहास रच्दै छ। यसले वर्तमानमा उठेका अनेकौँ प्रश्नको जवाफ खोज्दै छ, अनेकौँ तगारालाई छल्दै र फड्कँदै अगाडि बढ्दै छ। आखिर जीवन स्नेह र विश्वासकै आधारमा बाँचेको हुन्छ।

श्यामकृष्णले मनमनै गम्यो, यो कथा रपिोर्टिङ्को विषय पनि हुन सक्छ नि ! रेमिट्यान्सले नेपाली समाजमा पार्दै गएको असर र नाराबीच हुर्किंदो जीवनको दामी रपिोर्टिङ् हुनसक्छ। गाउँ रिित्तँदै छ, गृहस्थी भत्किँदै छ, यतिखेर।

मनमा अनौठो खुसी र विश्वासका साथ श्यामकृष्णले काठमाडौँका प्रशिक्षकलाई फोन गर्यो ।

नेपाल साप्ताहिक अंक ४६७

Leave a Reply

Your email address will not be published. Required fields are marked *