मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
हिजो जस्तै लाग्छ च्याङ्बा
kbs — Sun, 11/06/2011 - 10:57
हिजो जस्तै लाग्छ च्याङ्बा
तीन पोङ् रक्सी
सिगैं कुखुराको भाले
डालोभरि रोटी बोकेर
त्यो ठाडो उकालो कतै
नबिसाई ठमठमी
जाजरकोट र ढाका टोपी ढल्काएर
हातमा ईण्डियन रेडियो घन्काउँक्दैं
मेरो घरमा मलाई माग्न आएका थियौ
आपाले राडी ओछ्याउँदा
जुङ्गा मुसार्दै मुसु मुसु हाँसेर
छड्के नजर मलाई लाउँदा
म ढोकाको कुनामा
मनभरि गुराँस फुलाउँदै
लाजले रातो भएकी थिएँ
आमाले सगुन भन्दै
दिएको मकैको भ्यापर
भुईँमै नराखी तिमीले
यसरी रित्यायौ कि
मलाई लाग्यो म त्यहि भ्यापर भएँ
अनि तिमीले दिएका
रातो बनारसी साडी
हातमा सिको फाईव घडी
मखमली चप्पल
सिरफूल अनि नौगेडी
म दङ्ग परेथें
लाहुरीनी हुनेभएँ भनेर
आखेहरुले तम्बा गर्दै
ज्वाईँ हाम्रो छोरी
आज बाट तपाँईको भयो
मारे पाप पाले पुण्य भन्दा
हात जोड्दै खिस्स हाँस्दै
यिनी त मेरी जून हुन्
धर्तीमा हैन
म आकाशमा सजाउँछु
यिनी त मेरी
रानी हुन्
गद्दीमा राज गराउँछु
यिनी त मेरी मुटु हुन्
दिलभित्र सजाउँछु
यसो भनेको एक महिना नबित्दै
साँच्चै नै तिमीले
जून बनायौ
साराले हेर्न र चुम्न सक्ने
तिमीले मलाई बम्बैईको कोठीमा
विराज गरायौ रानी बनाएर
अनि आफ्नो मुटु झिकेर
यस्तै तीस हजारमा
साटेर गयौ
अनि त्यो बनारसी साडी
सिकोफाईव घडी
सिरफूल र मखमली चप्पल
घाँटीको नौगेडी
फेरि झोलामा हाल्यौ
फेरि अर्को मैच्याङ ल्याउन
अर्को रानी खोज्न
हिजो जस्तै लाग्दै छ
तिमीले मेरो घरमा
सगुन ल्याएको हिजो जस्तै लाग्छ
च्याङ्बा हिजो जस्तै लाग्छ
- 1983 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
20 hours 29 min ago - शब्द र भाव राम्ररी मिलाउनु
22 hours 47 min ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 day 16 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 day 18 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 day 18 hours ago - एकदम सान्दर्भिक
1 day 23 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
2 days 1 hour ago - भुगोल ले नछेकेको माया
6 days 22 hours ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
6 days 23 hours ago - सधा झै उत्कृष्ट रचना
1 week 17 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- सुन्तलीको पत्र
- बेटीक भाग्य विधान
- जून तिमी र म…मेरो अनुभूतिभित्र
- काम गर्न नसक्नेले
- दुई आत्माको मिलन
- सम्झेर मुख रसायो मेरो
- टोपी
- अँध्यारो पनि उज्यालो लाग्छ
- जिएको थिए तिम्रो निम्ति ...
- लछा याक्थुँग आवैबारो
- मकालुसँग
- जीवनको विनिर्माण
- तिम्रो याद
- तिम्रो त्यो बलिदान
- झुल्किने छ नयाँ समय
- आँखामा साउन नझार
- भोक
- नरोऊ छोरा, नरोऊ
- निशब्द पोखिएको प्रेम
- खोला मातेर
- कदापि यो झण्डा नुहिन दिन्न
- यो मन मुटुबाट (मुक्तक)
- बेबारिसे देशको किर्ते मनुवा म
- गजल सिद्धान्त र विवेचनाको कृति
- मेरी मायालु तिमी पुर्णिमाको जून जस्ती
- लयको खोजीमा
- हजार आँखा हेर्ने
- ट्वाइलेट-भूत (बाल-एकाङ्की)
- चाहिँदैन भयो अब, मायाका महलहरू
- पायाप
Post new comment