Skip to content



मुटु साह्रै पोलायौ, आगो बाली जलायौ
किन आज तिमीले, मेरो माया तोलायौ
नापेर
जोख्यौ माया चुरी भाचेर ।


फूल राम्रो डालीको, बोली राम्रो कालिको
किन किन सम्झना, आयो घर-वालीको
छायाले
सताउँछ उस्कै मायाले ।


तिम्रो फोटो शिरानी प्यारको त्यो निशानी
हेर्छु सधै झिकेर, चुम्छु साँझ विहानी
कठिन
तिमी बिना बाच्नै सकिन ।


घर छोडे ऋणले, आफन्तकै पिरले
चस्स चस्स मुटुमा, घोचिरहे तीरले
साह्रो भो
गाउँमा मलाई गाह्रो भो ।

तिर्थ”यात्री”पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *