Skip to content

आफैँलाई भार भैरहेछ जिन्दगी


गरिबको निम्ति आफैँलाई भार भैरहेछ जिन्दगी
दाब बिनाको खुकुरीको धार भैरहेछ जिन्दगी

हातमुख जोर्न पनि धौ धौ पढाइ त कता हो कता
कालीदासको कथाको सार भैरहेछ जिन्दगी

वरिपरिका महलहरूले झुपडीलाई गिज्याउन थालेपछि
बगैंचाका फूलहरू बिचको झार भैरहेछ जिन्दगी

जहाँ गयो जे गर्यो असफलता नै असफलता
कहिल्यै जित्न नसक्ने हार भैरहेछ जिन्दगी

न छ कुनै उत्साह न छ कुनै उमङ्ग
करेन्ट बिनाको थोत्रो तार भैरहेछ जिन्दगी

डुल्दै हिंड्ने माछा बल्झाउन थापेको ढडिया जस्तै
उम्कनै नसक्ने बार भैरहेछ जिन्दगी

गरिबको निम्ति आफैँलाई भार भैरहेछ जिन्दगी
दाब बिनाको खुकुरीको धार भैरहेछ जिन्दगी

Leave a Reply

Your email address will not be published. Required fields are marked *