Skip to content

त्यो भीडमा सिंढी चढ्दा

KamalPrakashPoudel-02


त्यो भीडमा सिंढी चढ्दा, कर्के नजर् हानी हेर्यौ ।
कोठाभित्र पस्दा पस्दै, मान्छे छानी छानी हेर्यौ ।।

संयोगले जुराएको, बस्ने ठाऊँ एउटै थियो ।
को पहिले बस्ने भनी, लाज मानी मानी हेर्यौ ।।

तिम्रा मेरा दुई कान नै, बराबरै सुन्नुपर्ने ।
एउटै बेञ्चमा सँगै बस्दा, मेरै कापी तानी हेर्यौ ।।

नाता जोड्ने शुरुवाती, यस्तै गरी हुन्छ भन्छन् ।
लाग्छ तिम्ले आज मलाई, खाली दिल जानी हेर्यौ ।।

हुन सक्छन् तिम्रा मेरा, सोचाईंका पाटाहरू ।
वर्षे झरी हिलो बीच, ‘कमल’ र पानी हेर्यौ ।।

रचनाकाल २०६८।०७।२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *