Skip to content

हिडिरहेछु अँधेरी रातमा

  • by


हिडिरहेछु अँधेरी रातमा
दिएर तिमीलाई उजेली
बास तिम्रो पराई घरमा
भुलिदैन यो सास रहुञ्जेली ।

भत्काइगयौ कल्पनाको घर
अरुको लहलहैमा लागेर
मिल्यो होला धेरै तिमीलाई
लिई सर्वस्व छेउ मेरो त्यागेर ।

खाली साथ, रित्तो अँगालो
ओरालीमा म एक्लै झर्दा
चिरियो मुटु यसै
सिंउदो तिम्रो अर्कैले भर्दा ।

सिन्दूरकै कसम आज
प्रीत मेरो अर्कैको पेवा भो
जोडी छुटयो, प्रीत टुट्यो
यो दुःखी एक्लो परेवा भो ।।

दीपेन्द्र के.सी., ओस्टण्डे वेल्जियम

Leave a Reply

Your email address will not be published. Required fields are marked *