Skip to content

फाटेको मुटु टालेर आएँ

  • by


फाटेको मुटु टालेर आएँ
मनको मैलो फालेर आएँ

शंका नगरे हुन्छ तिमीले
मायाले मुटु गालेर आएँ

रिस राग छैन मनमा
भए जति सबै फालेर आएँ

असल, खराब एक एक गरी
सबैका सबै चालेर आएँ

तिर्थ”यात्री”पौडेल,

Leave a Reply

Your email address will not be published. Required fields are marked *