Skip to content

अजम्बरी बुटी


प्रति निमेष अँध्यारोमा, मेरै तेज बल्छ भन्थ्यौ
तिमीबिना जीवनमा, सास खम्बा ढल्छ भन्थ्यौ

माया भन्ने यस्तो बुटी, अजम्बरी, अकाट्य छ
सारा झुक्छन मायाभित्र, यमराज गल्छ भन्थ्यौ

म आटछु तिमी पुर्याउ, जीवनसाथी बनौं हामी
मागे हुन्छ ढुक्कसँग, घरमा मेरै चल्छ भन्थ्यौ

आखिरमा तिम्रो तेज, सास, खम्बा, यमराज
धनै रैछ, “कमल”बिना, प्रेमी छाती जल्छ भन्थ्यौ

रचनाकाल : २०६८/०७/३०

Leave a Reply

Your email address will not be published. Required fields are marked *