Skip to content

गइन टाढा, चोखो मुटु, जलाएर उनले

  • by
PremKumarDhital


दिलमा बसी दिलमै छुरी चलाएर उनले !
गइन टाढा, चोखो मुटु, जलाएर उनले !

तिम्रो मुर्ति मन भित्र, राखेको छु भन्थी,
अर्कै मुर्ति सजाई, मेरो, ढलाएर उनले !
(गइन टाढा, चोखो मुटु, जलाएर उनले !)

सुम्पेको थे, मेरो माया-मुटु उनकै लागि,
अन्तै, मुटु साटी, मेरो, गलाएर उनले !
(गइन टाढा, चोखो मुटु, जलाएर उनले !)

सानो चोट पर्दा मलाई खुबै आँशु झार्थी,
हाँस्दै गई, घाउमा नुन, दलाएर उनले !
(गइन टाढा, चोखो मुटु, जलाएर उनले !)

अन्धो बनि प्रेममा उनको हत्ते हालेको थे,
छारो हाली आँखा भित्र छलाएर उनले !
(गइन टाढा, चोखो मुटु, जलाएर उनले !)

(दिलमा बसी दिलमै छुरी चलाएर उनले !
गइन टाढा, चोखो मुटु, जलाएर उनले !

Leave a Reply

Your email address will not be published. Required fields are marked *