Skip to content

बद्नाम छु यो घुम्टो उघारी मेरो नाउँ नसोध्नु

  • by
SajanaGurung


बद्नाम छु यो घुम्टो उघारी मेरो नाउँ नसोध्नु !
पीडा बनी दुख्छौ तिमी मनमा यो घाउ नसोध्नु !

तिमीमाथि विश्वास गर्दा बर्बाद भएँ यस्तरी
कलंकित छ बस्ने बस्ती मेरो त्यो ठाउँ नसोध्नु !

राज गर लाश हुँ म हाँस्दिन फ्याँक नोट जति
सक्नेछैनौ किन्न तिमी यी आँसुको भाउ नसोध्नु !

प्रेमले नाँचे, डरले नाँचे, अब मरे नाँच्ने छैन
सुनको पाउजु देखाई पापी छुन यो पाउ नसोध्नु !

बद्नाम छु यो घुम्टो उघारी मेरो नाउ नसोध्नु
पीडा बनी दुख्छौ तिमी मनमा यो घाउ नसोध्नु !

सजना गुरुङ
हाल, इजरायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *