Skip to content

माँ’कसम टाउकै फोरौं लाग्छ/

“गजल”
केछ-केछ तिम्रो रुपमा,हेरौं-हेरौं लाग्छ
तिम्रो बिम्ब सामु राखी,तस्बिर कोरौं लाग्छ
मान्छे तिमी काली नै हौ,चम्के छौ क्रिमले
थाहा छ तिमी परैको हो,तर चोरौं लाग्छ
सुन्छु अझ तिम्ले जन्म्या,धेरै छन् रे सेना-मेना
जेत पर्ला आँट गरेर,सबै सोरौं लाग्छ
तिम्रो निम्ति पागल भएँ,लजित छु आफै
तिम्रो निम्ति माँ’कसम टाउकै फोरौं लाग्छ/
….राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *