आफ्नै भाग्य कोर्न मैले, धेरै संघर्ष गरे थें
आफ्नै वर्तमान हेर्न मैले, धेरै जंघार तरे थें !
कहाँ भेटौं जिन्दगीको अर्थ, उपनाम दिनलाई
हजारौंको भिड माझमा, अलमल्ल परे थें !
छाती भित्र लुकाई हिंडे, आफ्नै दुख मेट्नलाई
अर्थ बिहिन जिन्दगीमा, लाखौं प्रयास गरे थें !
लाखौं पाईला चाले मैले, अनगिन्ति यात्रा गर्नलाई
उजाड जिन्दगीको अर्थ देखि, अनायसै टारे थें !
अस्ताएको घाम झैं जिन्दगीमा अब के रह्यो गर्नलाई
भाग्य रेखा कोर्दा कोर्दै, सुन्यतामा सारे थें !
अतित सुब्बा
झापा