Skip to content

दिनरात पैसा झार्ने बाटोमात्र हेर्छ पुलिस

दिन रात पैसा झार्ने बाटोमात्र हेर्छ पुलिस
त्यसैले त अपराधीको बयान फाइल फेर्छ पुलिस

पैसाको भरमा छुट्छन ठुला ठुला अपराधी
दोषीलाई भगाएर निर्दोषको घर घेर्छ पुलिस

सानालाई लाग्छ ऐन ठूलालाइ सधैं चैन
पहुंचवाला मान्छेको आदेशमात्र टेर्छ पुलिस

मान्छे मारुन् देश लुटुन् लाग्दैन कुनै कानुन
डनहरुलाइ कठघरामा उंभ्याउन छेर्छ पुलिस

सत्य सेवा सुरक्षणम् मुल मन्त्र राखेपनि
अफ्नो नारा आंफैले ब्यर्थ किन केर्छ पुलिस

दिन रात पैसा झार्ने बाटोमात्र हेर्छ पुलिस
त्यसैले त अपराधिको बयान फाइल फेर्छ पुलिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *