Skip to content


जिन्दगीमा माया पनि दुई दिनको खेल रैछ
जवानीलाई बिगार्दिने अनौठो यो भेल रैछ

प्रेमी अनि प्रेमिकाको मिलन हो भन्थे माया
बास्ना आउने हराउने चमेलीको तेल रैछ

के गरिन आजसम्म यही मायाको लागि मैले
भाडा दिए चल्ने हजुर सार्वजनिक रेल रैछ

बाहिर चोट नदेखिने मायाको यो पिटाइमा
कैदी थुन्ने भन्दापनि अझ कठोर जेल रैछ

तिम्रो लागि भनेर घर परिवार छोडी आएँ
हर्ष न विष्मात् भो कागलाई पाक्या बेल रैछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *