Skip to content

मोतीका दाना यो छातीभरि

  • by


मोतीका दाना यो छातीभरि झरेको सम्झन्छु
नौटङ्की रैछ मायाको रुप सरेको सम्झन्छु

देखाई आँशु छुपाई रुप पासोमा पारेछन्
भरेर झोला रुवाई भुरा तरेको सम्झन्छु

सावित्री सत्य गर्थिन् हत्ते धनको आशमा
देखाई दुःख लुटेर सुख भरेको सम्झन्छु

दुनियाँमाझ समाई हात साथमा हिडाएँ
टुहुरा भनी माया र सेवा गरेको सम्झन्छु

देखाई झुट लुकाई सत्य यो कस्तो हाँसो हो
यो सबै देख्दा मानव आत्मा मरेको सम्झन्छु

बसन्तमोहन अधिकारी
चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *