Skip to content

तिम्रो कल्पनामा


त्यो मीठो कुरा, चंचल बानी रमाइलो सम्झना
मिठो निद्रा, सुन्दर सपना अनि तिम्रो कल्पना

सुटुक्क लेखिरहेछु, शब्दहरू चोरी चोरी
खाली कागज साजाउँदैछु, शब्दहरू कोरी कोरी

त्यो मनको आकाशमा कुनै जून उदाएछ
चिहाएर सुटुक्क मैले हेर्दा मदेखि लजाएछ

कल्पनामा आनन्द माने सम्झिएर तिमीलाई
रातभरि हेरिरहेँ, देखेर जूनमा तिमीलाई

जुनसरी मुहार तिम्रो रिसाउनी बानी
साना-साना खुसी बटुलेछु रमाइलो मानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *