Skip to content

खाओ नेता हो,खाओ पालैपालो खाओ

खाओ नेता हो,खाओ
पालैपालो खाओ
लुछाचुँडी गर्दै खाओ
कहिले लडेर खाओ
कहिले बढेर खाओ
कहिले चढेर खाओ
कहिले सडेर खाओ
खाओ नेता हो,खाओ
पालैपालो खाओ ।

मेची खाओ,कोशी खाओ
सेती,काली,राप्ति खाओ
गण्डकी झन सिंगै खाओ
छानी छानी,एक एक गर्दै
पालैपालो जम्मै खाओ
कहिले सुतेर खाओ
कहिले उठेर खाओ
कहिले बसेर खाओ
कहिले नाचेर खाओ
खाओ नेता हो,खाओ
पालैपालो खाओ ।

तराई खाओ,मधेश खाओ
हिमाल अनि पहाड खाओ
सक्छौ भने सगरमाथा
शिरै देखिसबै खाओ
नराख है केहि पनि
कोचीकोची सबै खाओ
कहिले उडेर खाओ
कहिले गुडेर खाओ
कहिले चुँडेर खाओ
कहिले खुँडेर खाओ
खाओ नेता हो,खाओ
पालैपालो खाओ ।

सडक खाओ,बत्ती खाओ
बन्दुक खाओ,गोली खाओ
सेतो खाओ,रातो खाओ
निलो अनि हरियो खाओ
अझै यतिले पुगेन भने
जनताका पसिना खाओ
नेपालीका रगत खाओ
कहिले चुसेर खाओ
कहिले पुछेर खाओ
कहिले लुछेर खाओ
कहिले मुछेर खाओ
खाओ नेता हो,खाओ
पालैपालो खाओ ।

बानेस्वर खाओ,बालुवाटार खाओ
सिंहदरबार पुरै खाओ
राजदरबार त अरुले खायो
अब बाँकी सबै खाओ
मागेर खाओ,भागेर खाओ
भरेर खाओ,मरेर खाओ
खाओ नेता हो,खाओ
पालैपालो खाओ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *