जीवन सुखी बनाउन नौलो प्रेमी पात्र रोज्यौ अरे
बाचा कसम सबै तोडी पराईको डोली चढ्यौ अरे
डाँडापारि भए पनि लाखौं माया गरेकै थिएँ
अन्तै माया जालमा परी सिउँदो तिमीले भर्यौ अरे
देवी द्यौता साक्षी राखी सारा जीवन सुम्पेकै थिएँ
हाँसो खुशी तिम्रै ठान्थेँ साथ तिमीले छोड्यौ अरे
खाएका थियौ कसम तिमीले मेरै बाटो कुर्छु भनेर
एक छिन टाढा हुँदा म दिलको ढोका फोर्यौ अरे
भन्ने गर्थ्यौ सधै मलाई साथ तिमीलाई दिन्छु भनेर
कस्तो निर्दयी मन तिम्रो अरुलाई नै रोज्यौ अरे
अतित सुब्बा
झापा