Skip to content


जिन्दगीको रंगमञ्चका नाटकीय पात्रहरू
न कुनै स्कृप्ट छ न कुनै संवाद नै
कथाबिनाका पात्रहरू
एकोहोरो कराईरहेछन चिच्याईरहेछन!

लिप्त छन आफ्नै स्वार्थ अनि दिवास्वप्नमा
उद्धेश्य विहिन स्वार्थ
मुल्यहिन स्वप्न
निदाईरहेछ्न दिउँसै!

बन्द कोठाभित्रका यी मान्छेहरू
तल्लिन छ्न क्यानभासमा आफ्नै रंग भर्न
बेरङ्गी यी मान्छेहरू
क्यानभाससँगै रमाई रहेछ्न!

आफ्नै लागि आफ्नै नजरमा
गिरिरहेका छन
पल पल मरिरहेका छ्न
मान्छे भएर जन्मनुको भुल गरिरहेछन!

Leave a Reply

Your email address will not be published. Required fields are marked *