Skip to content

साहित्य श्रस्ठाहरु लाई मेरो नमस्कार

  • by


प्रेमलाई दिगो बनाउन कलम चलाऊनेहरुलाई
संस्क्रिती सभ्यता र भाषाको भावनामा डुबी
चेतना लाई समाजमा पस्कन
कलम चलाऊनेहरुलाई
अज्ञान र गरिविको समस्या समाधान गर्न
आधा पेट खायर भय पनि खाली पेटहरुको
ख्याल गर्न कलम चलाउने
कोमल मुटुहरु लाई
मिलन र बिछोडको यथार्थ चित्रण गराइ ति
चिरनिद्राका मुटुहरुमा मलम लगाउन
अग्रसर महान आत्मा हरुलाइ
असान्तिले अक्रान्त मात्रीभुमिमा सान्ति र
बिकासको अबिल्म्ब बिगुल फुक्न सडक तथा
सदन बाट पहल गर्ने हरु लाई
रातो रगत को पहिचान गरी आत्मा र
परात्मालाई एउटैदेख्ने कोमल नयन हरु लाई
एकाईसौ सताब्दिमा नेपाली संस्कार सहितको
मानवियता र बिकासमा जुट्ने महान मुटु हरु लाई
मेरो नमस्कार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *