Skip to content

पन्द्र हजार निर्दोषलाई

पन्द्र हजार निर्दोषलाई सेरेर के भयो?
सहमतिका वुंदा मात्रै केरेर के भयो?

क्रान्तिकारी कम्यूनिष्ठ के नै पो गर्यौ खै
रातो पट्टि ललाटमा बेरेर के भयो?

राजा पछि लोकतन्त्र ,गणतन्त्र रटायौ
तन्त्र मात्र नयाँनयाँ फेरेर के भयो?

आन्दोलनमा जाउ भन्यौ नयाँ नेपाल बनाउँन
आजसम्म तिम्रै कुरा टेरेर के भयो?

तीनै चोटी आलु खायौ फेरि मौका चाइयो
म्याद थप्ने उही रमीता हेरेर के भयो?

कालापानि सुस्ताभीत्र झण्डा गाडेर देखाउ
आफ्नै भाको दरवारलाई घेरेर के भयो?

2 thoughts on “पन्द्र हजार निर्दोषलाई”

  1. mukunda prasad bhattarai

    ramro 6 binod gi
    पन्द्र हजार निर्दोषलाई सेरेर के भयो?
    सहमतिका वुंदा मात्रै केरेर के भयो?

    Hasile share kati mitho.

  2. BHALULAI PURAN
    BHANDARI SIR LAL SALAM,KIYA 6 TARA KASLE BUJNE HAMRO PAIVESHMA…….. MATRA BHALULAI PURAN HUNCHHA.SAB JOGI KAN CHIREKA MATRA HO

Leave a Reply

Your email address will not be published. Required fields are marked *