Skip to content

पर्खिबस है म तिम्रो लायक बनी आउनेछु


पर्खी बस है म तिम्रो लायक बनी आउनेछु
सुन्दर त्यो जिन्दगीको नायक बनी आउनेछु

सँगै बाँचौँ सँगै हाँसौँ दुखसुख साटी
हरेक पाईलाको स’हायक बनी आउनेछु
[पर्खी बस है म तिम्रो लायक बनी आउनेछु]

दुख जति मै झेलुँ सारा खुसी तिमीलाई
तिम्रो लागी म लाभ’दायक बनी आउनेछु
[पर्खी बस है म तिम्रो लायक बनी आउनेछु]

संसारका हरेक सुन्दर संगीत तिम्रै लागि
हाम्रो प्रीतिको धुनमा गायक बनी आउनेछु
[पर्खी बस है म तिम्रो लायक बनी आउनेछु]
[सुन्दर त्यो जिन्दगीको नायक बनी आउनेछु]

Leave a Reply

Your email address will not be published. Required fields are marked *