Skip to content

अचम्मको कुरा यै हो


अचम्मको कुरा यै हो काँडा पनि फुल्न थाल्यो
राष्ट्रभक्ति भन्थ्यो तर वीर सबै भुल्न थाल्यो

जति भाषण् चुटे पनि देख्छु देश उस्ता उस्तै
लुखुर् लुखुर् सुसुल्के झैँ वदेशमा डुल्न थाल्यो

डर मान्नु नौलो हैन धमिराको ताँती लाग्दा
बानेश्वरको घरभित्र स्वीरे किरा हुल्न थाल्यो

हानाहान् छ जताततै चक्काजाम देशै भरी
हारालुस् छ कुर्सीतिर किन भोटिङ्ग् खुल्न थाल्यो

विक्रम नेपाली
बेथान ४ रामेछाप
२०६८।०८।१४ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *