Skip to content

भन क्रान्ति कस्तो गर्ने ?


प्रतिक्रान्ति गर्नलाई, जन क्रान्ति कस्तो गर्ने ?
छ कि अझै अरु पनि, भन क्रान्ति कस्तो गर्ने ?

‘जस्को जोत उस्को पोत’ भन्ने नारा कुर्ली हिँड्दा
बाँझै भयो बारी यता, खन क्रान्ति कस्तो गर्ने ?
छ कि अझै अरु पनि, भन क्रान्ति कस्तो गर्ने ?

फियो फोक्सो गिदी जिब्रो छर्लङ्ग भो सबै अब
फर्क्यौ फेरि उतै भने, बन क्रान्ति कस्तो गर्ने ?
छ कि अझै अरु पनि, भन क्रान्ति कस्तो गर्ने ?

‘जुनै जोगी आए पनि कानै चिर्या परे’ भनी
चिढिएका जनताको, मन क्रान्ति कस्तो गर्ने ?
छ कि अझै अरु पनि, भन क्रान्ति कस्तो गर्ने ?

सर्वहारा सिँढी चढी जादुमय महलमा
जोडे पछी सम्पत्ति त्यो, धन क्रान्ति कस्तो गर्ने ?
छ कि अझै अरु पनि, भन क्रान्ति कस्तो गर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *