Skip to content

अन्तै बुनी छौं रे


माया साट्ने मान्छे, अब नयाँ चुनी छौं रे
मलाई छोडी सपना अब, अन्तै बुनी छौं रे ।

प्रीतिको फुलबारीमा फुल गोड्दा खेरी
मुटु भित्र रहर सजाई, माया थुनी छौं रे ।

वारी थियौं जब तिमी पारी तरेपछि
मनको मन-मन्दिरमा, तस्बिर उनी छौं रे ।

मेरो रती विश्वास नगरी अरुसँग तिमी रम्दा
सुनेका छु आजकाल मैले, गीत उसकै गुनी छौं रे ।

सपनामा कहिलेकाहीँ भेट हुदाँ मसँग
सम्झी-सम्झी मेरो माया, आफै रुनी छौं रे ।

दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *